तुलसीपुर उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत अस्वभाविक रकमसहित नागढुंगाबाट पक्राउ

घोराही, १७ साउन । दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काठमाडाैमा पक्राउ परेका छन् ।

उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्यायलाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे टाेलीले समातेकाे हाे । उनलाइ अायाेगकाे केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले ठूलाे रकमसहित पक्राउ गरेकाे जनाएकाे छ । 

उपाध्यायकाे साथबाट १ लाख २४ हजार ७५० रुपैयाँ नगद र फिक्स डिपोजिट तथा बैंक डिपोजिटसहित १३ लाख २४ हजार ४६ गरी कूल १४ लाख ४८ हजार ७९६ रुपैयाँ बराबरको रकमसहित पक्राउ गरेको अायाेग स्राेतले जनाएकाे छ ।

उनी अस्वाभाविक रकम साथमा लिएर हिँडेको भन्ने सूचनाको आधारमा अख्तियारको टोली परिचालन गरिएकाे र पिछा गर्दै जाँदा उनलाइ काठमाडौंको नागढुंगाबाट नियन्त्रणमा लिएइएकाे बताइएकाे छ । उनीका बारेमा अनुसन्धान भइरहेको अख्तियार स्राेतले जनाएको छ ।

Loading...