देउवाका लागि कमल थापाकाे पावर जुटाइदिन प्रचण्डले बाेलाए बैठक

काठमाडौं, २४ असार । पार्टीभित्रकाे किचलाेका कारण मन्त्रिपरिषद विस्तार गर्न नसकेका शेरबहादुर देउवाका लागि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल सक्रिय भएका छन् । अाफ्नाे पार्टीबाट मन्त्री बनाउन तम्तयार पारे पनि कांग्रेसभित्रकाे विवादका कारण मन्त्रिपरिषद पूरा गर्न नसकेका देउवाका लागि प्रचण्डले अाज कमल थापाकाे साथ जुटाइदिन एउटा बैठककाे अायाेजना गरेका छन् । 
 
प्रधानमन्त्री निवास बालुवाटारमा बाेलाइएकाे बैठकमा कमल थापा अर्का बरिष्ठ नेता पशुपति शमशेर थापाका साथ गएका छन् । बैठकमा सरकार विस्तार, संविधान संशोधन, अागामी निर्वाचन लगायतका विषयमा छलफल हुने बताइएकाे छ । नेपाली कांग्रेस, माअोवादी केन्द्र र राप्रपाको बैठकबाट केही नयाँ निकास निस्कने सरकारी दलकाे अाशा छ । 
 
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा माअोवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राप्रपा अध्यक्ष कमल थापा र राप्रपा नेता पशुपति शमसेर राणा सहभागी छन्।
 
पहिलो र दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि पनि दुई नम्बर प्रदेशमा स्थानीय तह निर्वाचन बाँकी छ। त्यसका लागि मधेसकेन्द्रित दल राष्ट्रिय जनता पार्टीले संविधान संशोधनलाई पूर्व सर्तका रुपमा माग राख्दै आएको छ।