हजाराै प्रदर्शनकारीलार्इ गिरफ्तार गर्दै जी २० शिखर सम्मेलन सुरु

अाशिष दर्नाल

काठमाडाैं, २३ असार । जर्मनीकाे हैम्वर्ग सहरमा जी २० शिखर सम्मेलन सुरु हुनुअघि ठूला ठूला प्रदर्शन भएका छन् । साे क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएकाे छ । जर्मन प्रहरीले प्रदर्शनमा सहभागी हजाराैलार्इ गिरफ्तार गरेकाे छ ।

जी २० शिखर सम्मेलनमा भाग लिन विश्वका प्रमुख नेताहरु हैम्वर्ग पुगेका छन् । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी जीनपीङ, रुसका राष्ट्रपति भ्लादमिर पुटिन, फ्रान्सका राष्ट्रपति एमानुयल मैक्राे सहित थुप्रै नेताहरुले यस सम्मेलनमा भाग लिएका छन् ।

आतंकवाद, जलवायु परिवर्तन तथा विश्व व्यापारका बारेमा यस शिखर सम्मेलनमा छलफल हुने बताइएकाे छ । यसपटककाे सम्मेलनकाे थिम ‘सिपिङ एन इन्टर कनेक्टेड वर्ल्ड’ राखिएकाे छ । साथै सम्मेलनमा विश्वकाे विकास, व्यापार, डिजिटलाइजेशन, स्वास्थ्य, राेजगार, पलायन, महिला सशक्तिकरण जस्ता मुद्दामा छलफल हुने बताइएकाे छ ।

पाेल्याण्ड हुँदै जर्मनी अाइपुगेका अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनमा रुसले सैनिक हस्तक्षेप गरिरहेकाे र उत्तर कोरियाका गतिविधिबारे मुद्दाहरु उठाउने यसअघि घोषणा गरेका थिए । उता रुसले भने ट्रम्पले भनेका यी सबै कुराहरुमा कुनै तुक नरहेको प्रतिक्रिया दिएकाे छ ।

शुक्रबार जर्मन चान्सलर एन्जेला मर्केलकाे स्वागत मन्तव्यसँगै शिखर सम्मेलन सुरु हुनेछ । सम्मेलनकाे पहिलाे वर्किङ सेशन विश्व विकास तथा व्यापार हुने बताइएकाे छ । त्यसपछि जलवायु परिवर्तन, उर्जाका बारेमा सेशन सुरु हुनेछ ।

सम्मेलनकाे दाेस्राे दिन अफ्रिकासँग जाेडिएका विषयहरुमाथि छलफलकाे शत्र राखिएकाे छ । उक्त शत्रपछि चौथाे शत्रमा डिजिटलाइजेशन, महिला सशक्तिकरण र रोजगारका विषयमा सेशन सुरु हुनेछ । शनिवार साँझ सम्मेलनकाे समापन गरिने बताइएकाे छ । शनिवार साँझ अायाेजना गरिएकाे समापन शत्रमा जी२०काे साझा घाेषणापत्र जारी गर्ने बताइएकाे छ ।

जी २० मा चीन, अमेरिका, रुस, फ्रान्स, जापान, क्यानडा, जर्मनी, बेलायत, भारत, अर्जेंटीना, अस्ट्रेलिया, ब्राजील, इंडोनिशया, इटली, मैक्सिको, सउदी अरब, दक्षिण अफ्रीका, दक्षिण कोरिया, टर्की गरी १९ वटा ठूला देश र युराेपियन युनियनमा अावद्ध देशहरुकाे सहभागिता रहेकाे छ ।

जर्मनले यस शिखर सम्मेलनकाे कडा सुरक्षा व्यवस्था गरेकाे जनाएकाे छ । सम्मेलन स्थलका लागि मात्र १५,००० प्रहरी तैनाथ गरिएकाे बताइएकाे छ । यसका साथै ४,००० तालिम प्राप्त सुरक्षाकर्मीहरुले हवार्इअड्डादेखि बिभिन्न संवेदनशील क्षेत्रमा परिचालन गरिएकाे बताइएकाे छ ।

यसका बाबजुत पनि हैम्वर्गमा हजाराैका विराेध जुलुस निस्किएका छन् । जुलुसहरु शान्तिपूर्ण हुने भनिए पनि ठाउँ ठाउँमा प्रहरीले पानीका फाेहाेरा प्रहार गर्दै प्रदर्शनकारीलार्इ तितरवितर बनाउने प्रयत्न गरिरहेकाे छ । प्रदर्शनकारीले पनि प्रहरीतर्फ बाेतलहरु प्रहार गर्दै अाफ्नाे प्रदर्शन जारी राखेका छन् । विश्व पुँजीवादका विरुद्ध र अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले जलवायु परिवर्तनसम्बनी पेरिस सम्मेलनबाट जारी गरिएकाे घाेषणा नमान्ने बारे दिएकाे अभिव्यक्ति विरुद्ध प्रदर्शनकारीले अावाज उठाएका छन् ।

संसारभरीबाट प्रदर्शनकारीहरू जर्मनीमा जम्मा भएकाे बताइएकाे छ । वातावरण जोगाउने सम्बन्धी उद्योगधन्दा चलाइरहेका राष्ट्रबीच भएको पेरिस क्लाइमेट सम्झौताबाट अमेरिकाले हात झिकेकोमा प्रदर्शनकारीहरु आक्रोशित छन् । धनी देशहरुले पैसा कमाउने नाममा गरिबहरुलाई तड्पाइ तड्पाइ मारिरहेकाे उनीहरुकाे दावी छ । साथै ती देशहरुको मनपरीको विरोध गरौँ भनेर विद्यार्थी, गैरसरकारी संस्था, राजनीतिकर्मीहरु हैम्वर्गका सडकमा उत्रिएका छन् ।

 

Loading...