सिंहसार्थबाह र चीर संग जोडिएको आख्यान यस्तो

फागुन २० ,काठमाडौँ ।  प्रत्येक बर्ष फागुन शुक्ल अष्टमीका दिन काठमाडौँको हनुमानढोका गद्दी अगाडी रंग्बिरंगी कपडाको छत्रसहितको चीर गाडिए पछि फागु पर्व शुरु हुन्छ । विशेष गरि पहिला पहिला फागुन शुक्ल अष्टमी देखि पुर्निमा सम्म आठ दिन सम्म मनाइने गरिन्थ्यो ।
होलि अर्थात् फागुपुर्णिमाको प्रतिक ठड्याइने चीरसंग जोडिएको आख्यान फरक रुपमा रहेको पाइन्छ । राजा गुनकामदेवको कुलमा शख्स्य नगरी ( विशालनगर )मा जन्मेका सिंहसार्थबाह नामका प्रख्यात ब्यापारी ५ सय बानियाका साथ तिब्बत ब्यापारमा गए । फर्किदा एउटा अनकन्टार ठाउमा अचानक निकै राम्रा राम्रा कन्या संगै तिब्यापरीहरुको भेट भएछ । थाकेका तिब्यापरीहरु तिनै कन्याहरुको सौदार्य्मा मनामोहित भएछन् । कन्याहरुले पनि तिब्यापारीहरुको खुब सेवा गरे । दंगदास बानियाहरु कन्याको चक्करमा फसे तर सिंहसार्थबाहलाइ त्यसै राति आर्यालोकेश्वर करुनामायले सतर्क गराउदै – ति सुन्दरी कन्याहरु यक्ष राक्षसनी भएको र तिनीहरु बाट बच्न खोलाको छेउमा रहेको सेतो घोडाको सहयेताले खोला तर्न र बाकि ब्यापारीहरुलाइ खोला तर्दा ति यक्षनीले मायाजालमा पार्न जतिसुकै बोलाएपनि पछाडी नफर्किन निर्देशन दिए । तर व्यापारीहरुले ति सुन्दरी कन्याहरुले करुणा पुर्वक आवाजदिदै बोलाउन थाले । मन थाम्न नसकेका ब्यापारीहरु पछाडी फर्केर हेरे , एक-एक गर्दै सबै बनिया पानीमा खसे र यक्षनीको आहार बने । नेपाल फर्किन सफल एकमात्र सिंहसार्थबाह संग एउटी निकै रुपवती यक्षनीसंगै ल्याएका थिए । अत्यधिक सुन्दरी ति यक्षनी बाट मनामोहित हुदै तत्कालिन राजा सिंहकेतुले यक्षनीलाइ दरवारमै रखौतिको रुपमा राखिदिए । मौका छोपी ति यक्षनीले अन्य संगिनीलाइ बोलाएर राजाको हत्या गरि आहार बनाए । यस्तो बिभत्स घटना सुनी सिंहसार्थबाह शंखस्य नगरी पुग्दा आर्यव्लोकेस्वरको प्रभावका कारण यक्षनीहरु भागभाग भए । दरवारलाइ मान्छे खाने यक्षनीबात मुक्त गर्न गराएका कारण प्रभावित भइ जनताले सिंहसार्थबाहलाई राजा बनाए । राजा भएपछी थँबहि (ठमेल )मा करुणामयको प्रतिमा प्रतिष्ठापन गरि बौध बिहार थापना गराए ।
बिशालचोकबीच कलात्मक पेगोडा शैलीको तिन तल्ले थँबहि बौध अध्यन केन्द्रको रुपमा रहेको छ ।
फागुन शुक्ल अष्टमीका दिन वसन्तपुर् गद्दी बैठक अगाडी चीर उठाएकै दिन थँबहि स्थित विक्रमशिल महाविहारमा गजुर देखि भुइँ सम्म तोरण पताका द्वारा अभिषेक गरेपछि फागुको प्रारम्भ हुने गर्दछ । फागु समापन को अर्को दिन थँबहि बात सिंहसार्थबाहलाइ चकंद्य जात्रा गरि भित्रि सहर परिक्रमा गरिने परम्परा रहेको छ । नेवा : समुदाय भित्र सम्पदा तथा संस्कृतिअभियानताले चीर लाइ बिगत केहि समयेबात केहि अन्य समुदायले होलिकाको रुपमा अपव्याख्या गरि संस्कृतिलाइ बङ्ग्याउन खेजोकोमा आपत्ति जनाउदै आएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

नेपाल जात्रा संस्कृति बात