आफ्नै विद्यालयका शिक्षक बाट घुस लिने प्रअ र अध्यक्ष रंगेहात पक्राउ

दैलेख, १५ फागुन । दैलेखको नौमुले गाउँपालिका वडा नं. १ स्थित श्री भैरव मा.वि. नौमुलेका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पक्राउ परेका छन् । उनीहरुलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको विशेष टोलीले पक्राउ गरेको हो ।

प्र.अ. नगेन्द्र बहादुर सिंह र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगन बहादुर बस्नेतले आफ्नै विद्यालयका शिक्षक बाट घुस लिएको अख्तियारको दावी छ । विद्यालयका शिक्षकको चौमासिक तलब र दशैं खर्च बापतको रकम उपलब्ध गराउने प्रयोजनका लागि तीस हजार घुस लिइसकेको अवस्थामा उनीहरु पक्राउ परेका प्रवक्ता प्रदॆएप कुमार कोइरालाले बताए ।

बिहीवार उनीहरुलाई नौमुले- १ स्थित एनएमबी बैंक नौमुले शाखाको शाखा प्रबन्धकको कार्यकक्षबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रवक्ता कोइरालाको भनाइ छ

Loading...