देउवालार्इ कांग्रेसभित्रकाे गुट भयाे ठूलाे भारी । भागबन्डा मिलेेमा अाज मन्त्रीमण्डल विस्तार

काठमाडाैं, २२ असार । चर्काे विवादकाबीच अाज प्रधानमन्त्री शेरबहादुर देउवाले अाफ्नाे मन्त्रीमण्डल विस्तार गर्ने भएका छन् । अाफ्नै पार्टीभित्र कुरा नमिलेकाे भए पनि उनले केहि मन्त्रीहरु थप्न लागेका हुन् । 

विवादकै कारण अाजसम्म मन्त्रिमण्डल विस्तार हुन सकेकाे थिएन । दाेस्राे चरणकाे निर्वाचनमा असर पर्ने देखेर देउवाले चुनावपछि मन्त्रिमण्डल विस्तार गर्ने बताएका थिए । चुनाव सकिएकाे दुर्इसाता हुन लाग्दा पनि विस्तार भएकाे छैन । 

कांग्रेसमा रामचन्द्र पाैडेलेकाे समूहले सुरुदेखि नै देउवाकाे कार्यशैलीप्रति असन्तुष्टी जनाउँदै अाएकाे छ । देउवा प्रधानमन्त्री हुँदा उनकाे सपथग्रहण कार्यक्रम नै बहिस्कार गर्न तम्सेका पाैडेल अन्तिममा असन्तुष्टीका साथ पुगेका थिए । देउवाले मन्त्रिमण्डल विस्तारदेखि सबै काम सल्लाहमै गर्ने अास्वासन दिएपछि पाैडेल सपथग्रहण कार्यक्रममा पुगेका थिए । त्यसपछि पाैडेलले मन्त्रीमण्डलका लागि अाफ्ना नाम प्रस्ताव गरे । तर, पाैडेलले सिफारिस गरेका केहीलार्इ मन्त्रिमण्डलमा समावेश गर्न नसकिने भन्दै देउवाले विराेध जनाएपछि उनीहरुबीचकाे विवाद झन बढेकाे हाे । खासगरी प्रधानमन्त्री देउवा पाैडेल समूहबाट मन्त्रीमा सिफारिस भएका साेलुखुम्बुका बलबहादुर केसीकाे नाममा विराेध जनाएका थिए । 

कुन समूहबाट कतिजना याे मन्त्रीमण्डलमा पार्ने भन्ने विषयमा पनि कांग्रेसमा कुरा मिलेकाे छैन । त्यसका साथै अाफ्ना समूहबाट मन्त्री बन्नेलार्इ राम्रा मन्त्रालय दिनुपर्ने दवाव पनि देउवामाथि अरु नेताहरुकाे छ । 

यसैबीचमा पौडेल पक्षले बुधबार देउवासँग मन्त्रालयकाे बार्गेनिङ गरेकाे थियाे । बुधवार पाैडेल समूहले देउवासँग कुन कुन मन्त्रालय दिने भनेर मागेकाे थियाे । देउवाले दिने मन्त्रालय अनुसार मन्त्रीका नाम टुङ्गाे लगाउने पाैडेलकाे तयारी छ । देउवाले पौडेल समूहलाई ४ वटा मन्त्रालय र कृष्णप्रसाद सिटौला समूहलाई एउटा मन्त्रालय दिने याेजना बनाएका छन् भने अाफ्नाे समूहकाे पक्षमा ७ मन्त्रालय राखेका छन् । गठबन्धन सरकारमा कांग्रेसलार्इ १२ मन्त्रालयकाे भाग परेकाे छ । 

देउवाले दिने मन्त्रालयमा पाैडेल र सिटाैलाले सहमति जनाएमा अाजै मन्त्रीमण्डल विस्तार हुने बताइएकाे छ । गठबन्धनमा सहभागी दाेस्राे दल नेकपा माअाेवादी केेन्द्रले भने अाफ्ना तर्फबाट मन्त्री बन्नेहरुकाे नाम टुङ्गाे लगाइसकेकाे छ । 

Loading...