५ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) परिवर्तन

गृह मन्त्रालयले ५ प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । गृहले मंगलवार ५ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) परिवर्तन गरेको हो ।

गृह मन्त्रालयले सहसचिव हुमकला पाण्डेलाई भक्तपुरको सिडिओको जिम्मेवारी दिएको बताइएको छ भने भक्तपुरमा रहेका सिडिओ नारायण प्रसाद भट्टलाई मकवानपुरको सिडिओमा सरुवा गरिएको जानकारी प्राप्त भएको छ । हुमकला हेटौडास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रदेश कार्यालय प्रमुख हुन् ।

पर्साका सिडिओ नारायण भट्टराई चितवन र चितवनका जितेन्द्र बस्नेतलाई पर्सा हेरफेर गरिएको छ । लमजुङका सिडिओ डा. डिजन भट्टराईलाई अध्यागमन विभागमा सरुवा गरिएको र उनको ठाउमा लक्ष्मणबहादुर खड्कालाई लमजुङ पठाइएको गृह श्रोतले जनाएको छ ।

Loading...