कर्णालीमा बगेर एक युवक वेपत्ता

बाजुरा, १७ साउन । बाजुराको स्वामीकात्र्तिक गाउँपालिकास्थित कर्णाली नदीमा नुहाउने क्रममा एक युवक बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा सोही गाउँपालिका–३ जुकोट घर भई पिलुचौरमा होटल व्यवसाय गर्दै आएका २३ वर्षीय उपेन्द्र शाही छन्।

शाहीलाई दिउँसो नुहाउने क्रममा नदीले बगाएको प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए। बेपत्ता शाहीको इलाका प्रहरी कार्यालय स्वामीकात्र्तिक र स्थानीयवासीले खोजी गरिरहेका छन्।

पौडी खेल्ने क्रममा डुबेर १३ वर्षीय बालकको मृत्यु

सुनसरी-सुनसरी ईनरुवा नगरपालिका-७ बर्छवा बस्ने १३ बर्षीय अर्पण खबासको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शुक्रबार दिउँसो १ बजे घर नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका खवासलाई उपचारको लागि जिल्ला अस्पताल इनरुवा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

Loading...