मध्य दिउसो अचानक आकाशबाट खस्यो १० किलोको ढुंगा, हेर्न दैनिक मान्छेको भिड

काठमाडौं । सीमावर्ती क्षेत्र भारत विहारको मधुवनीमा ‘असामान्य’ लाग्ने एउटा ढुंगा आकाशबाट खसेको स्थानीयबासीले बताएका छन् । त्यस क्षेत्रमा आकाशबाट करिब १० किलोको ढुंगा खसेपछि हेर्नेहरूको भीड लागेको छ।

मधुवनी जिल्लाअन्तर्गत लौकहीको कौरियाही ककहिया बधारमा खसेको सो ढुंगा हेर्न सरकारी अधिकारीहरु पनि पुगेका छन् । सो ढुंगामा चुम्बकीय शक्ति रहेको अधिकारीहरूले बताएका छन् । ढुंगामा चुम्बक लगाउँदा त्यसमा टाासिने प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

हिन्दूस्तान दैनिकका स्थानीय संवाददाता रोशन कुमारले सोमबार नेपाली समयअनुसार मध्यान्ह १२ बजेर १५ मिनेटमा ढुंगा खसेको बताए । ढुंगा खस्दा ठूलो आवाजसँगै धुँवा पनि देखिएको थियो ।

खेतमा काम गर्ने मजदूरहरु डरले भागेका थिए । धुवाँ बन्द भएपछि श्रवण यादव नाउँका एक मजदूरले आकाशबाट खसेको वस्तु ढुंगा भएको थाहा पाए ।

अहिले सो ढुंगालाई प्रहरीले राखेको छ । मधुवन्नीका डिएम कपिल अशोकले ढुंगा अहिले प्रहरीसँग रहेको र छिट्टै सम्बन्धित विशेषज्ञकहाँ पुर्याइने जानकारी दिए ।

जीवनमा यस्तो ढुंगा आफूले कहिले नदेखेको महराज महेश ठाकुर कलेज दरभंगाका प्राध्यापक चन्द्रमोहन झा पडवाले बताए । ढुंगा खसेको जानकारी पाउनसाथ आफू ढुंगा रहेको क्षेत्रमा गएको उनले बताए ।

यो ढुंगालाई अनुसन्धानका लागि दिल्ली प्रयोगशालामा पठाउन उनले अधिकारीहरुसँग माग गरे । बीआरए विश्वविद्यालय भौतिक विभागका विभागाध्यक्ष डा. विजय कुमारले म्याग्नेटिक प्रपर्टी हुनसक्ने बताए ।

 

Loading...