यस्ता छन् राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिका नयाँ व्यवस्थाहरु (पूर्ण पाठसहित)

नेपाल राष्ट्र राष्ट्र बैंकले आर्थिक वर्ष २०७६÷७७ का लागि नयाँ मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले बुधवार लाजिम्पाटको पाँचतारे होटेल ¥याडिसनमा आयोजित एक विशेष समारोहका बीच यो मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

एक वर्षभित्र मर्जरमा जाने बैंक तथा वित्तीय संस्थालाइ विशेषा सहुलियत

राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ मौद्रिक नीतिले मर्जरमा जान चाहने बैंक तथा बित्तीय संस्थाहरुलाई विशेष सहुलियत प्रदान गरेको छ । २०७७ साल असार मसान्तभित्र मर्ज भई एकीकृत कारोबारमा जाने बैंक तथा वित्तीय संस्थाहरुले विशेष सहुलियत पाउने भएका छन ।

नयाँ नीतिमा बैकास्योरेन्स गर्न नपाउने व्यवस्था गरिएको छ । सो अनुसार अब बैंहरु आफैले कुनै पनि विमा कार्यक्रम आफ्ना ग्राहकहरुलाई बेच्न पाउने छैनन् ।

सात दिन भित्र कृषि कर्जा दिनुपर्ने अनिवार्यता

त्यसैगरी नयाँ मौद्रिक नीतिमा बैंकहरुले एक हप्ताभित्रमा सहुलियत दरको कृषि कर्जा दिनुपर्ने व्यवस्थालाई अझ कडाइ गरिएको छ । यदि एक हप्ताभित्र बैंकहरुले सो कर्जा दिन नसकेको खण्डमा प्रष्ट कारणसहित सम्बन्धित ग्राहकलाइ जानकारी दिनुपर्ने व्यवस्था गरिएको छ । १५ लाखसम्मकाे कृषि कर्जा प्रवाह गर्दा बैंक तथा वित्तीय संस्थाले अाधारदरमा २ प्रतिशत मात्र थप गरी ऋणकाे ब्याज ताेक्न पाउने व्यवस्था गरिएकाे छ । साथै कृषि कर्जामा सेवा शुल्क पनि लिन नपाउने व्यवस्था गरिएको छ । 

पढ्नुहोस राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको पूर्ण पाठ

 

Loading...