बच्चालाई खुवाउने दुध सक्कली वा नक्कली हो भन्ने छुट्टयाउने सरल र प्रभावकारी तरिका

काठमाडाैं । हरेक अभिभावकले आफ्नो बालबच्चाको स्वास्थ्य निकै राम्रो होस भन्ने चाहन्छन् । आफ्ना साना बालबच्चालाई रोगबाट बचाउन, तन्दुरुस्त राख्न र स्वस्थ बनाइराख्नका लागि अभिभावकहरु निकै चिन्तित हुन्छन् । बच्चाले खाना खाएन भनेर अधिक चिन्ता अभिभावकको हुन्छ । हरेक अभिभावकले बच्चालाई सधै बिहान दुध खुवाउँछन । तर, अचेल दुध नै नक्कली र मिसावटयुक्त हुने गरेकाले धेरै अभिभावकहरु यसबाट डराएका छन् । बच्चालाई तन्दुरुस्त राख्नसक्ने तत्व भएको दुध खुवाएको हो कि भित्रभित्रै बच्चाको दिमागदेखि शरिरमा असर पार्ने हानिकारक तत्व खुवाइएको हो भन्ने अभिभावकमा डर उत्पन्न हुने गरेको छ । दुध बच्चालाई नखुवाएर पनि हुन्न पछिल्लो समय अनेक हल्ला चलेपछि खुवाउन पनि डरलाग्दो छ । यहाँ हामीले नक्कली मिसावटयुक्त दुध र सक्कली दुध चिन्ने केही सरल र प्रभावकारी उपायहरु प्रस्तुत गरेका छौं । 

नक्कली र सक्कली दुध थाहा पाउने केही सजिलो उपाय हामीले यहाँ प्रस्तुत गर्न गएका छौं । दुध बालबालिका वा बृद्ध, युवा सबैलाई नभइ नहुने खाद्य पदार्थ हो ।

हामी सबैको भान्छामा पुग्ने दुध कत्तीको सुद्ध छ भनेर जान्नु उत्तीकै आवश्यक छ । तसर्थ अरू नसके पनि आम उपभोक्ताले आफू सचेत हुन भने अवश्य पनि सक्छन् । नक्कली दूधले लाभको सट्टा हानि गर्छ । यसकारण दैनिक उपभोगमा ल्याइने दूध शुद्ध छ कि छैन जाँच्नु आवश्यक छ ।

जाँच्ने कसरी त रु राम्रोसँग जाँच्न त प्रयोगशालाकै आवश्यक पर्ला तर पनि मोटामोटी रूपमा घरेलु तरिकाबाटै दूध शुद्ध भएनभएको थाहा पाउन सकिन्छ ।

सुँघेर : सुँघेर पनि दूधको शुद्धता थाहा पाउन सकिन्छ । दूधमा साबुनको जस्तो गन्ध आएको छ भने त्यो सेन्थेटिक दूध हो भन्ने कुरामा थप जाँच गरिरहन आवश्यक छैन ।

चाखेर : थोरै काँचो दूधलाई हत्केलामा लिएर केही बेर रगडी जिब्रोमा लगाउने । यसरी लगाउँदा सक्कली दूध हो भने हलुका मिठास आउँछ ।

हत्केलामा रगडेर : नक्कली दूध हत्केलामा रगड्दा अलिअलि चिप्लोपन महसुस हुन्छ । दूध सक्कली छ भने त्यस्तो किसिमको चिप्लोपन थाहा हुँदैन ।

रंग हेरेर : सक्कली दूध उमाल्दा त्यसको रंग परिवर्तन हुँदैन तर नक्कली दूध हलुका पहेँलो बन्दछ । नउमालिकन त्यत्तिकै राख्दा पनि नक्कली दूधको रंगमा केही परिवर्तन देखा पर्छ ।

फिँजअनुसार : कतिपय अवस्थामा लुगा धुने सर्फबाट पनि नक्कली दूध बनाएका हुनसक्छन् । एउटा शिशाको पारदर्शी सिसीमा अलिकति दूध राखेर केहीबेर हल्लाउँदा त्यसमा धेरै नै फिँज देखियो र त्यो निकै बेरसम्म रहिरह्यो भने पनि उक्त दूध नक्कली हो र त्यसमा वासिङ पाउडर मिसाइएको रहेछ भन्ने थाहा हुन्छ ।

Loading...