सरकार विरुद्ध दृढ र सशक्त बन्दै विप्लव, संघर्षका नयाँ कार्यक्रम घोषणा

काठमाडौं । विद्रोही नेपाल कम्युनिष्ट पार्टीले सरकारको प्रतिबन्धबिरुद्ध चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ । सोमबार नेकपाका महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै संघर्षका कार्यक्रमहरु घोषणा गरेका हुन् । उनले सरकारकाे प्रतिबन्ध र अन्य कदमलाइ दृढतापूर्वक प्रतिवाद गर्ने पनि बताएका छन् ।

सरकारको प्रतिबन्धलाई महासचिव विप्लवले नेपाल कम्युनिष्ट पार्टी र नेपाली जनताका क्रान्तिकारी कार्यक्रम एवं क्रियाकलापका विरुद्धको ‘पागलपूर्ण राजनैतिक बकवास फाँसीवादी फौजी दमन र अफवाहपूर्ण प्रचारवाजी’ भनेका छन् ।

उनले भनेका छन्- “ओली सरकार र राम बहादुर थापा गृह प्रशासनको हाम्र्रो पार्टी र नेपाली जनताका क्रान्तिकारी कार्यक्रम एवं क्रियाकलापका विरुद्धको पागलपूर्ण राजनैतिक वकवास फाँसीवादी फौजी दमन र अफवाहपूर्ण प्रचारवाजीको हाम्रो पार्टी घोर निन्दा एवं भर्त्र्सना गर्दछ । यसको दृढताका साथ प्रतिरोध गर्न सिङ्गो पार्टी पंक्ति र आम नेपाली जनतामा पार्टी विशेष अपिल गर्दछ ।’

नेपाल कम्युनिष्ट पार्टी नेपाली जनता जनयुद्ध एवं आन्दोलनको उपलब्धीहरुको हकदार, शान्ति, वार्ता र सम्झौताको नाममा देश, जनता र क्रान्तिलाई भएको धोकाको प्रतिवाद गर्ने पार्टी र एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत नेपाली क्रान्तिलाई अगाडि बढाईराखेको पार्टी भएकोले यसलाई नजिस्काउन उनले चेतावनी समेत दिएका छन् ।

‘इतिहासमा जनआन्दोलन र जनयुद्धमा देश र नेपाली जनतामाथि घात, धोका, वेइमानी, छलकपट र अपराधको प्राय केपी पिके गिरोह र केपी सरकारले हाम्रो पार्टी एकीकृत जनक्रान्ति र नेपाली जनतालाई नजिस्क्याउन चेतावनी दिन्छ ।’ उनले भनेका छन्

ओली सरकारको फाँसीवादी दमनको नेपाली जनता सहित आफ्नो पार्टीले शक्तिशाली प्रतिवाद गर्ने र त्यसबाट निस्कने भयवह परिणामको जिम्मेवार केपी पिके गिरोह र ओली सरकार हुने उनको चेतावनी छ ।

महासचिव विप्लवले भनेका छन्- ‘नेपाल राष्ट्र र नेपाली जनताको यो हवीगत बनाउने दलाल पूँजीपति वर्ग र त्यसको प्रतिनिधित्व गर्ने ओली सरकारको फाँसीवादी दमनको नेपाली जनता सहित हाम्रो पार्टीले शक्तिशाली प्रतिवाद गर्ने छ । त्यसबाट निस्कने भयवह परिणामको जिम्मेवार केपी पिके गिरोह र ओली सरकार हुने छ । हाम्रो पार्टी माथी प्रतिवन्ध लगाएर वा क्रान्तिमाथि दमन गरेर जन क्रान्तिलाई सिध्याउला वा आत्मसर्पण गराउला भन्ने भ्रमपूर्ण मनोदशाबाट मुक्त रहन समेत ओली सरकारलाई पार्टी स्पष्ट गर्न चाहन्छ ।

उनले प्रतिबन्धलगत्तै सुरक्षा निकायलाई नेपाल कम्युनिष्ट पार्टीका नेता र कार्यकर्तालाई गोली हान्ने आदेश समेत दिइसकिएको भन्दै सरकारको यसप्रकारको रबैयाको घोर भर्त्सर्ना गरेका छन् । उनले कपिलवस्तु शिवपुर निवासि दुर्गा वहादुर रोकाको घर राती ३ बजे घेराहाली घरबाट लखेटेर गिरप्तार गरेपछि चनद्रोटा ईलाका प्रहरी कार्यालयको शौचालयमा लगेर पछाडि बाट गोलीहानी घाइते बनाईएको समेत प्रष्ट पारेका छन् ।

विप्लवले काभ्रेको काफल डाँडामा युवा कार्यक्रता माथि गोली चलायर गिरप्तार गरेको बताएका छन् । त्यस्तै बाटोमा यात्रा गरिराखेको बेला स्थायी समिति सदस्य सुदर्शन सहित ९ जनासहित फागुन २८ गतेपछि देशै भरी नेता र कार्यक्रता गरी दर्जनौंको संख्यामा गिरप्तारी गरि गरिसकेको घरमा सुतिराखेका जनता, पार्टीकाम खटीराखेका नेता र कार्यक्रतालाई गिरप्तार गर्ने र झुट्टा मुद्दामा फसाउने कार्य बेलगाम चलाएको भन्दै आपत्ति जनाएका छन् ।

गाउँमा सुरुक्षा निकायको अप्रेशनको आतंक सुरु भएको विज्ञप्तिमा उल्लेख छ । ओली सरकार र राम बहादुर थापा गृह प्रशासनको पागलपूर्ण राजनैतिक वकवास फाँसीवादी फौजी दमन र अफवाहपूर्ण प्रचार बाजीको दृढताका साथ प्रतिरोध गर्न सिङ्गो पार्टी पंक्ति र आम नेपाली जनतालाई उनले विशेष अपिल गरेका छन् ।

उनले विज्ञप्तिमा अगाडि भनेका छन्- ‘नेतृत्वको गद्धारी, विचलन्ता र धोकाधडीका कारण नेपाली जनयुद्ध र जनआन्दोलनहरु अपूर्णतामा टुङ्गिए पनि अहिले देशमा जुन राजनैतिक परिस्थिति सृजना भएको छ र उपलब्धीहरु हासिल भएका छन त्यो १० वर्षको नेपाली जनयुद्धको नेतृत्व र जनआन्दोलनको सहयोगको योगमा हासिल भएका छन । यो नेपाली राजनैतिक आन्दोलन र विगतको नेपालको क्रान्तिकारी आन्दोलनको अकाट्य सत्य हो ।’

०६२/०६३ पछि शान्ति प्रक्रिया र वार्ताको नाममा नेपाली जनयुद्ध, माओवादी पार्टी, जन आन्दोलन, जनयुद्धको विचार, राजनैतिक कार्यक्रम र क्रान्तिको पूर्णताका विरुद्ध देशी विदेशी प्रतिक्रियावादी सड्यन्त्र हुन थाले पछि वैदेशिक साम्राज्यवाद, संसदीय प्रतिक्रियावाद र प्रचण्ड मण्डलीको आत्मसमर्पणवाद विरुद्ध जीवनमरणको संघर्षबाट नेपाल कम्युनिष्ट पार्टी जन्मेको विप्लवले बताएका छन् ।

उनले भनेका छन्- ‘यो पार्टीको काँधमा १० वर्षका जनयुद्ध र १९ दिनको जनआन्दोलनको राजनैतिक उपलब्धीहरुको रक्षा गर्नु, शान्ति एवं वार्ताका वाहानामा नेपाली क्रान्ति र परिवर्तनका विरुद्ध भएका सड्यन्त्रहरुको प्रतिवाद गर्नु र देशको मुक्ति एवं नेपाली श्रमजीवी जनताको राज्यसत्ताको प्रतिनिधित्व गर्ने वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने जिम्मेवारी र कर्तव्य रहेको छ ।’

स्थापनाकाल देखि नेकपा एकीकृत जनक्रान्तिको कार्यदिशाको दिशा निर्देशमा नेपाली क्रान्तिको ऐतिहासिक प्रक्रियामा रहेको जानकारी दिँदै उनले अगाडि भनेका छन् – ‘०२८ सालको झापा विद्रोहका जनताका हतियार कोशी नदीमा फ्याकेको, ०४६ सालको जनआन्दोलनमा सामन्तवादसंग आत्मसर्पणवादी सम्झौता गरी जनतालाई धोका दिएको, ०५२ सालमा शुरु भएको जनयुद्धका १० वर्षमा माओवादी र जनयुद्धलाई आतंककारी हत्यारा भनि उछित्तो काट्ने र दमनमा सबै संसदीय प्रतिक्रियावादीलाई उछिन्ने र ०६२÷०६३ पछि जनयुद्ध, माओवादी र परिवर्तनका मुद्दाका विरुद्ध सबभन्दा बढी सड्यन्त्र गर्ने ओली गिरोह विगतका नेपाली क्रान्ति र जन आन्दोलनको विरुद्धमा खडा हुने र दमन गर्ने शासकहरुलाई मात गर्दै हाम्रो पार्टी र यसको नेतृत्वमा संचालित एकीकृत जनक्रान्तिका विरुद्ध खनिएको छ ।’

विज्ञप्तिमा भनिएको छ- ‘त्यसमा पिके दाहाल पनि सति गएका छन । यो गिरोह दलाल पूँजीपति वर्गको स्वार्थ र साम्राज्यवादी मालीकको सेवाका निम्ति विगतको जनयुद्ध र जनआन्दोलनका उपलब्धीहरुलाई निमिट्यान्न पार्ने, राष्ट्र घात, जन घात, भ्रष्टचार, कमिशन, मानव बेचविखन, हत्या, आतंक, वलात्कारलाई लोकतान्त्रीक गणतन्त्र र संविधान कार्यन्वयनको जामा पहिराउने धृष्टता गरिराखेको छ । यस बाट पुराका पुरा सर्तक रहन देशभक्त एवं परिवर्तनकामी राजनैतिक शक्ति र आम नेपाली जनतामा हाम्रो पार्टी विशेष अपिल गर्दछ ।’

संघर्षका कार्यक्रम अन्तर्गत चैत्र २६ देखि २९ गतेसम्म प्रतिवन्ध विरुद्ध पर्चा वितरण र भण्डाफोर गर्ने, वैशाख २ गते कोण सभा, वैशाख ३ गते अन्तरक्रिया, वैशाख ४ गते मशाल जुलुस र ५ गते नेपाल बन्दको आयोजना गरिएको छ । त्यस्तै वैशाख ६ गतेबाट केपी ओली सहभागी हुने देशका विभिन्न भागका कार्यक्रमहरुमा वन्दको आयोजना गरी सामाजिक दलालहरुलाई प्रतिवन्धीत गर्ने विज्ञप्तिमा उल्लेख छ ।

विप्लवको प्रेस विज्ञप्तिकाे पूर्ण पाठ

नेपाली जन क्रान्ति र राष्ट्रिय राजनीतिमा “एउटा मजाक”को प्रतिनिधि केपी ओली र पिके दाहालले नेतृत्व गरेको कथित नेकपा (नेकपा)को ओली सरकारले नेपाली स्वाभिमानी एवं श्रमजीवी जनताको प्रतिनिधि हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी र यसका राजनैतिक एवं जनसेवाका कार्यक्रम माथि गत फाल्गुण २८ गते राती अंकुश लगाउने निर्णय ग¥यो ।

त्यस पछि लगतै ओली सरकारले फरमान जारी ग¥यो कि ३५ दिनको हदम्याद भित्र आत्मसमर्पण गर नत्र ७७ वटै जिल्लामा ४ वटै सुरक्षा निकायको परिचालनमा अप्रेशन चलाएर नियन्त्रयण गरिने छ । त्यसका निम्ति सुरक्षा निकायलाई नेपाल कम्युनिष्ट पार्टीका नेता र कार्यकर्तालाई गोली हान्ने आदेश समेत दिइसकिएको छ । जसको परिणाम कपिलवस्तु शिवपुर निवासि दुर्गा वहादुर रोकाको राती ३ बजे घर घेराहाली घरबाट लखेटेर गिरप्तार गरेपछि चनद्रोटा ईलाका प्रहरी कार्यालयको शौचालयमा लगेर पछाडि बाट गोलीहानी घाइते बनाईयो ।

काभ्रेको काफल डाँडामा युवा कार्यक्रता माथि गोली चलायर गिरप्तार ग¥यो । बाटोमा यात्रा गरिराखेको बेला स्थायी समिति सदस्य क. सुदर्शन सहित ९ जनालाई गिरप्तार ग¥यो । फाल्गुण २८ गते पछि देशै भरी नेता र कार्यक्रता गरी दर्जनौंको संख्यामा गिरप्तारी गरि गरिसकेको छ । घर मा सुतिराखेका जनता, पार्टीकाम खटीराखेका नेता र कार्यक्रतालाई गिरप्तार गर्ने र झुट्टा मुद्दामा फसाउने कार्य बेलगाम छ । गाउँमा सुरुक्षा निकायको अप्रेशनको आतंक छ ।

ओली सरकार र राम बहादुर थापा गृह प्रशासनको हाम्र्रो पार्टी र नेपाली जनताका क्रान्तिकारी कार्यक्रम एवं क्रियाकलापका विरुद्धको पागलपूर्ण राजनैतिक वकवास फाँसीवादी फौजी दमन र अफवाहपूर्ण प्रचार बाजीको हाम्रो पार्टी घोर निन्दा एवं भत्र्सना गर्दछ । यसको दृढताका साथ प्रतिरोध गर्न सिङ्गो पार्टी पंक्ति र आम नेपाली जनतामा पार्टी विशेष अपिल गर्दछ ।

नेतृत्वको गद्धारी, विचलन्ता र धोकाधडीका कारण नेपाली जनयुद्ध र जनआन्दोलनहरु अपूर्णतामा टुङ्गिए पनि अहिले देशमा जुन राजनैतिक परिस्थिति सृजना भएको छ र उपलब्धीहरु हासिल भएका छन त्यो १० वर्षको नेपाली जनयुद्धको नेतृत्व र जनआन्दोलनको सहयोगको योगमा हासिल भएका छन । यो नेपाली राजनैतिक आन्दोलन र विगतको नेपालको क्रान्तिकारी आन्दोलनको अकाट्य सत्य हो ।

०६२÷०६३ पछि शान्ति प्रक्रिया र वार्ताको नाममा नेपाली जनयुद्ध, माओवादी पार्टी, जन आन्दोलन, जनयुद्धको विचार, राजनैतिक कार्यक्रम र क्रान्तिको पूर्णताका विरुद्ध देशी विदेशी प्रतिक्रियावादी सड्यन्त्र हुन थाले पछि वैदेशिक साम्राज्यवाद, संसदीय प्रतिक्रियावाद र प्रचण्ड मण्डलीको आत्मसमर्पणवाद विरुद्ध जीवनमरणको संघर्षबाट जन्मेको हाम्रो पार्टी नेपाल कम्युष्टि पार्टी हो ।

यो पार्टीको काँधमा १० वर्षका जनयुद्ध र १९ दिनको जनआन्दोलनको राजनैतिक उपलब्धीहरुको रक्षा गर्नु, शान्ति एवं वार्ताका वाहानामा नेपाली क्रान्ति र परिवर्तनका विरुद्ध भएका सड्यन्त्रहरुको प्रतिवाद गर्नु र देशको मुक्ति एवं नेपाली श्रमजीवी जनताको राज्यसत्ताको प्रतिनिधित्व गर्ने वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने जिम्मेवारी र कर्तव्य रहेको छ ।

उपरोक्त उद्देश्यको निम्ति आफ्नो स्थापनाकाल देखि हाम्रो पार्टी एकीकृत जनक्रान्तिको कार्यदिशाको दिशा निर्देशमा नेपाली क्रान्तिको ऐतिहासिक प्रक्रियामा छ । यो आफ्नो द्येयमा तिव्रगतिमा अगाडि बढिराखेको छ ।

०२८ सालको झापा विद्रोहका जनताका हतियार कोशी नदीमा फ्याकेको, ०४६ सालको जनआन्दोलनमा सामन्तवादसंग आत्मसर्पणवादी सम्झौता गरी जनतालाई धोका दिएको, ०५२ सालमा शुरु भएको जनयुद्धका १० वर्षमा माओवादी र जनयुद्धलाई आतंककारी हत्यारा भनि उछित्तो काट्ने र दमनमा सबै संसदीय प्रतिक्रियावादीलाई उछिन्ने र ०६२÷०६३ पछि जनयुद्ध, माओवादी र परिवर्तनका मुद्दाका विरुद्ध सबभन्दा बढी सड्यन्त्र गर्ने ओली गिरोह विगतका नेपाली क्रान्ति र जन आन्दोलनको विरुद्धमा खडा हुने र दमन गर्ने शासकहरुलाई मात गर्दै हाम्रो पार्टी र यसको नेतृत्वमा संचालित एकीकृत जनक्रान्तिका विरुद्ध खनिएको छ ।

त्यसमा पिके दाहाल पनि सति गएका छन । यो गिरोह दलाल पूँजीपति वर्गको स्वार्थ र साम्राज्यवादी मालीकको सेवाका निम्ति विगतको जनयुद्ध र जनआन्दोलनका उपलब्धीहरुलाई निमिट्यान्न पार्ने, राष्ट्र घात, जन घात, भ्रष्टचार, कमिशन, मानव बेचविखन, हत्या, आतंक, वलात्कारलाई लोकतान्त्रीक गणतन्त्र र संविधान कार्यन्वयनको जामा पहिराउने धृष्टता गरिराखेको छ । यस बाट पुराका पुरा सर्तक रहन देशभक्त एवं परिवर्तनकामी राजनैतिक शक्ति र आम नेपाली जनतामा हाम्रो पार्टी विशेष अपिल गर्दछ ।

नेपाल कम्युनिष्ट पार्टी नेपाली जनता जनयुद्ध एवं आन्दोलनको उपलब्धीहरुको हकदार, शान्ति, वार्ता र सम्झौताको नाममा देश, जनता र क्रान्तिलाई भएको धोकाको प्रतिवाद गर्ने पार्टी र एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत नेपाली क्रान्तिलाई अगाडि बढाईराखेको पार्टी हो । इतिहासमा जनआन्दोलन र जनयुद्धमा देश र नेपाली जनतामाथि घात, धोका, वेइमानी, छलकपट र अपराधको प्राय केपी पिके गिरोह र केपी सरकारले हाम्रो पार्टी एकीकृत जनक्रान्ति र नेपाली जनतालाई नजिस्क्याउन चेतावनी दिन्छ ।

नेपाल राष्ट्र र नेपाली जनताको यो हवीगत बनाउने दलाल पूँजीपति वर्ग र त्यसको प्रतिनिधित्व गर्ने ओली सरकारको फाँसीवादी दमनको नेपाली जनता सहित हाम्रो पार्टीले शक्तिशाली प्रतिवाद गर्ने छ । त्यसबाट निस्कने भयवह परिणामको जिम्मेवार केपी पिके गिरोह र ओली सरकार हुने छ । हाम्रो पार्टी माथी प्रतिवन्ध लगाएर वा क्रान्तिमाथि दमन गरेर जन क्रान्तिलाई सिध्याउला वा आत्मसर्पण गराउला भन्ने भ्रमपूर्ण मनोदशाबाट मुक्त रहन समेत ओली सरकारलाई पार्टी स्पष्ट गर्न चाहन्छ ।

अतः जन क्रान्ति र नेपाली जनतामाथीको ओली सरकारको फाँसीवादी दमनको प्रतिरोध गर्न निम्न संघर्षका कार्यक्रमहरु घोषणा गरिएको छ । यसको प्रभावकारी सफलताको निम्ति सिङ्गो पार्टी पंक्ति र आम नेपाली जनतामा सकृय सहभागीताको विशेष अनुरोध गर्दछौं ।

कार्यक्रम:

१) चैत्र २६ — २९ सम्म — प्रतिवन्ध विरुद्ध पर्चा वितरण र भण्डाफोर,

२) वैशाख २ गते — कोण सभा,

३) वैशाख ३ गते — अन्तरक्रिया,

४) वैशाख ४ गते — मशाल जुलुस,

५) वैशाख ५ गते — नेपाल बन्द,

६) वैशाख ६ गते बाट केपी ओली सहभागी हुने देशका विभिन्न भागका कार्यक्रमहरुमा वन्दको आयोजना गरी सामाजिक दलालहरुलाई प्रतिवन्धीत गर्ने ।

धन्यवाद ।

२५ चैत्र ०७५,

विप्लव
महासचिव

Loading...