बलेवा, ११ चैत । उमेरले ७२ काट्नुभएका कृष्णमुरारी श्रेष्ठको दिन प्राय भेडिगोठमै बित्ने गरेको छ ।बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा देउरालीका श्रेष्ठले भेडा पाल्न थाल्नुभएको ३६ वर्ष भयो । बिहान र बेलुकी घरको धन्दा गर्नु र दिनभर गोठमा रहेका भेडालाई चाराउनका लागि नजिकैकको जङ्गलमा पग्नु उहाँको पेशा हो ।
गोठभर भेडा पालेर त्यसैबाट हुने आम्दानीले गुजारा गर्दै आएका कृष्णमुरारी भेडा बिक्री गरेर मासिक रु ४० हजार आम्दानी गर्छन ।
पहिले ३०÷३५ वटा भेडा पालेका उनले पछिल्लो समय भेडाको सङ्ख्या घटाएका छन । भेडाका लागि चरनको अभाव हुँदै गएकाले सङ्ख्या घटाउनपरेको श्रेष्ठ बताए ।
विसं २०२९ देखि निरन्तर भेडा पाल्दै आएका उनि यो पेशाबाट खुशी छन । पालिएका भेडा देवी–देवतालाई बली दिन र विभिन्न चाड पर्वमा खानका लागि ग्राहकहरू श्रेष्ठको घरमै किन्न आउने गरेका छन् ।
गाउँछेउमा रहेको जङ्गलमा भेडाका लागि प्रशस्त घाँसपात रहेकाले भेडापालन सहज भएको उहाँ बताउछन । भेडाको बजार राम्रो रहेकाले मासिक आम्दानी पनि राम्रो हुने गरेको छ । ‘‘बिक्रीका लागि कसैलाई गुहार्नु पर्दैन, ग्राहक घरमै आएर लैजान्छन्’ श्रेष्ठ भन्छन, “एउटै भेडाको दश हजारदेखि १५ हजारसम्म पर्छ ।” बागलुङ बजारको विलासी जीवनशैली त्यागेर धम्जा पुग्ेका श्रेष्ठ शुरुमा स्थानीय एक विद्यालयका शिक्षक थिय ।
भेडा पालनमा लाग्दा लाग्दै उनले त्यहाँ घरबार पनि जोडेका छन । पछिल्लो समयमा नेपालका अधिकांश गाउँ रित्तिदैछन् । युवायुवतीको मोह गाउँघरप्रति खासै देखिदैन ।
उनीहरुमा पनि सुकिलामुकिला बन्ने सोखमा शहर पस्ने गरे पनि श्रेष्ठ भने आफूलाई काठेखोला–३ धम्जाबाट पुनः बजार फर्केर आउन कहिल्यै मन नलागेको बताउछन। गाउँको हावापानी, घरछेउको भेडीगोडमा हुर्किरहेको भेडाका पाठाले उनको मन उतै रोकिरहेको छ । उनलाई त्यस्तो मोहनी लगाउने चिज भनेको त्यहाँको स्वस्थ र सफा अनि हरियाली वातावरण पनि हो ।
शुरुमा धम्जा जनता प्राविमा शिक्षण पेशा गर्दा रु १० घरभडा तिरेर गाउँको बसाइँ शुरु गरेका श्रेष्ठको अहिले त्यहाँ सुन्दर घर बनिसकेको छ ।