काठमाडौं ।
विश्व बैंकले नेपालको ऊर्जा क्षेत्रको ऋण स्वीकृत गरेको छ ।
नेपालमा दिगो ऊर्जा प्रणाली विकास गर्न बैंकले १० करोड डलर अर्थात् १० अर्ब रुपैयाँ बढीको पहिलो ऋण प्रस्ताव स्वीकृत गरेको हो ।
ऊर्जा क्षेत्रको नीतिगत, संस्थागत तथा नियामकीय क्षमता सुधार, प्राधिकरण पुनःसंरचनालगायतका लागि खर्च गरिने सहयोग रकमले नेपालीलाई दिगो, सुलभ तथा भरपर्दो ऊर्जा पुर्याउन मद्दत पुग्ने विश्वास गरिएको बैंकले जनाएको छ ।