धर्मार्थ अस्पतालबाट चौबिसै घण्टा सेवा

दमौली, २५ कात्तिक । जिल्लाको देवघाट गाउँपालिका–५ मा सञ्चालित धर्मार्थ अस्पतालबाट चौबिसै घण्टा सेवा सञ्चालन गरिएको छ । दिवा सेवा मात्रै सञ्चालन हुँदै आएको उक्त अस्पतालमा आइतबारबाट चौबिसै घण्टा सेवा सञ्चालन गरिएको हो । गलेश्वर आश्रमले विसं २०५७ देखि सञ्चालन गर्दै आएको उक्त अस्पताल गत वर्ष साउन १ गते देवघाट गाउँपालिकालाई हस्तान्तरण भएको थियो । […]

स्वास्थ्य बीमामा आकर्षण

खोटाङ, २४ कातिक । दश स्थानीय तह रहेको यस जिल्लामा स्वास्थ्य बीमा गर्नेहरूको सङ्ख्या २६ हजार नाघेको छ । विसं २०७४ पुस २४ गतेदेखि शुरु गरिएको सो कार्यक्रममा गत असोज मसान्तसम्म १२ हाजर १८६ परिवारका २६ हजार ४७ ले स्वास्थ्य बीमा गराएका छन् । बीमा गराउनेमध्ये १३ हजार २६८ महिला र १२ हजार ७७७ पुरुष […]

डा केसीको समर्थनमा सरकारी सवारी साधन ठप्प

अमरगढी, २४ कात्तिक । चिकित्सा शिक्षा सुधारको माग गर्दै सत्याग्रहमा रहेका प्राध्यापक डा गोविन्द केसीको समर्थनमा डडेल्धुरामा आज सरकारी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । बिहानैदेखि सरकारी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष लोकराज भट्टले जानकारी दिए । बिहान ८ देखि साँझ ४ बजेसम्म सरकारी नम्बरका गाडी र […]

एउटा अभियान, जसले १३ सय ४३ जनालाइ नयाँ संसार देखाए

२३ वर्षदेखि राजधानी काठमाडौं, यस वरपरका साथै देशका दूर्गम क्षेत्रमा निःशुल्क आँखा जाँच र मोतिविन्दु शल्यक्रिया सेवा प्रदान गर्दै आएको युवा नेत्र सेवाले यसवर्ष पनि ३४ जनाको सफल शल्यक्रिया सम्पन्न गरेको छ । कीर्तिपुर नगरपालिका अन्तर्गतको श्रीकीर्ति नगरमण्डप महाविहारमा शनिबार सम्पन्न २३ औं निःशुल्क मोतिविन्दु शल्यक्रियाको समापन समारोहमा सेवा अन्तर्गत हालसम्म ५३ हजार ३ सय […]

सुदूरपश्चिमका अधिकांश अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक अभाव

डोटी, २४ कात्तिक । कर्मचारी समायोजनको सकस चलिरहेका बेला सुदूरपश्चिम प्रदेशका अधिकांश अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक अभाव देखिएको छ । सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल, राजपुरका अनुसार डोटीसहित समग्र सुदूरपश्चिममा १०४ चिकित्सकको अभाव छ । यहाँका अधिकांश चिकित्सकले समायोजनमा सङ्घ रोजेपछि स्वास्थ्य संस्थामा चिकित्सकको अभाव देखिएको हो । डोटी जिल्ला अस्पतालमा लामो समयदेखि […]

प्रधानमन्त्री ओलीको मृगौला फेर्न झापाका एक व्यक्तिलाई सिंगापुर प¥याइयो

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीको मृगौला फेर्न झापाका एक व्यक्तिलाई सिंगापुर पु¥याइएको थाहा भएको छ । १२ वर्ष अघि फेरिएको मृगौलाले काम नगरेपछि प्रम ओलीको फेरि मृगौला फेर्न लागिएको छ । विभिन्न उपाय गरेर पनि प्रम ओलीको मृगौलाले काम नगरेपछि पुनः मृगौला फेर्न उनी तयार भएका हुन् । ओलीका लागि मृगौला दान गर्न सिंगापुर लानुअघि […]

सामाजिक विकास मन्त्रालयद्वारा १६ वटा एम्बुलेन्स हस्तान्तरण

कैलाली, २० कात्तिक । सुदूरपश्चिम प्रदेश सरकारले खरीद गरेका १६ वटा आधुनिक सुविधायुक्त एम्बुलेन्स प्रदेशका नौवटै जिल्लाका स्वास्थ्य संस्थालाई हस्तान्तरण गरेको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा आज धनगढीमा आयोजित एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिलाई उक्त एम्बुलेन्स हस्तान्तरण गरे । मन्त्रालयले कैलालीको सेती प्रादेशिक अस्पताल र कञ्चनपुरको […]

जिल्ला अस्पतालमा चिकित्सक अभाव

खाँदबारी, २० कात्तिक, । खाँदबारी नगरपालिका–१ की लक्ष्मी कार्की तातोपानीले शरीरमा नराम्रोसँग पोलेकाले उपचार गर्न खाँदवारीस्थित जिल्ला अस्पताल पुगे । दक्ष चिकित्सक नभएकाले उचित स्वास्थ्यसेवा नपाएको बिरामी कार्कीको गुनासो थियो । आइतबार अस्पताल भर्ना हुनुभएकी लक्ष्मी कार्कीले भने, “सरकारले ५० श्ययाको अस्पतालमा स्तरवृद्धि गरेपनि सेवा भने स्वास्थ्यचौकीको जति पनि पाइएन ।” खाँदवारी अस्पतालमा भर्खर एमबिबिएसको […]

कुपोषणविरुद्धको राष्ट्रिय अभियानमा सार्वजनिक र निजी क्षेत्रको सहकार्य

काठमाडौँ, २० कात्तिक । कुपोषणविरुद्धको राष्ट्रिय अभियानमा सार्वजानिक र निजी क्षेत्रले सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् । पोषणको अवस्थालाई सुधार गर्दै स्वास्थ्यको स्थिति सुधार गर्न सरकारले पहिलोपटक पोषणका क्षेत्रमा निजी क्षेत्रसितको सहकार्य अगाडि बढाएको हो । पाँच वर्षमुनिका करीब ५० प्रतिशत बालबालिका कुपोषणबाट प्रभावित हुने गरेका राष्ट्रिय आँकडा छ । राष्ट्रिय योजना आयोग […]

जिल्ला अस्पतालमा चिकित्सकको व्यवस्था गरिने

विराटनगर, १९ कात्तिक । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका सबै जिल्लाका अस्पतालमा चिकित्सकको व्यवस्था यही वर्ष गरिने बताए । प्रदेश नं १ सामाजिक विकास मन्त्रालय एवं स्वास्थ्य निर्देशनालय धनकुुटाद्वारा आज यहाँ आयोजित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठीको उद्घाटन गर्दै उनले जनतालाई सहज स्वास्थ्यसेवा पहुँचका लागि करारमा चिकित्सक नियुक्तिको प्रक्रिया अगाडि बढाइएको […]