एकीकृत पार्टीको केन्द्रीय समितिमा ९९ जना मात्र राख्ने केपी र प्रचण्डबीच सहमति

काठमाडौं, २ फागुन । एमाले र माओवादीका शीर्ष नेता एकीकृत पार्टीको केन्द्रीय समिति ९९ सदस्यीय बनाउन सहमत भएका छन् । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड २ अंकको केन्द्रीय समिति बनाउन सहमत भएका हुन् ।

हाल एमालेमा दुई सय र माओवादीमा करिव चार हजार केन्द्रीय सदस्य छन् । हिजो ललितपुरमा भएको ‘वान टू वान’ संवादमा ओली र प्रचण्ड पार्टी अन्तरिम विधान, राजनीतिक दस्तावेज र अन्तरिम संगठनात्मक ढाँचा बनाउन कार्यदल बनाउन पनि सहमत भएका छन् ।

सामान्य त कम्युनिष्ट पार्टीको पोलिटव्यूरो केन्द्रीय समितिको एक तिहाई हुन्छ । यदि ९९ सदस्य केन्द्रीय समिति बन्यो भने ३३ जनाको पोलिटव्यूरो हुनेछ र ११ जनाको स्थायी समिति बन्ने छ ।

Loading...