सम्पति विवरण नबुझाउने १ सय १२ शिक्षकमाथि कारवाही

जाजरकोट । सम्पती विवरण नबुझाउने जाजरकोटका १ सय १२ शिक्षक कारवाहीमा परेका छन् । सम्पति विवरण नबुझाउने ती शिक्षकहरुलाई कारवाही स्वरुप पहिलो पटकलाई प्रति शिक्षक ५ हजारका दरले जिल्ला शिक्षा कार्यालयले जरिवाना गरेको छ ।
जिल्ला शिक्षा कार्यालयले १ सय १२ शिक्षकलाई कारवाही गरेर ५ लाख ६० हजार रुपैया जम्मा गरेको छ । सरकारले गत वर्षदेखि सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकलाई प्रत्येक वर्ष आफ्नो सम्पति विवरण बुझाउन निर्देशन दिएको थियो । निर्देशन अनुसार सम्पति विवरण बुझाउन अटेर गर्ने शिक्षकको तलबबाटै उक्त रकम काट्ने चेतावनी पनि दिएको थियो ।
जाजरकोट जिल्लाका हाल ६ सय १३ जना स्थायी शिक्षक छन् । त्यसमध्ये गत आर्थिक बर्षको अन्त्यसम्म अरु सबैले सम्पती विवरण बुझाए पनि १ सय १२ जना शिक्षकले सम्पति विवरण बुझाएका थिएनन् । ती शिक्षकको चालु आवको तेस्रो चौमासिक तलबबाट ५ लाख ६० हजार रुपैयाँ कट्टी गरी सरकारी राजश्वमा जम्मा गरिएको निमित्त जिल्ला शिक्षा अधिकारी यज्ञश्वर खत्रीले बताए । खत्रीले विवरण नबुझाउनेमा ९१ जना प्रावि तह र २१ जना मावि तथा निमावि तहका शिक्षक रहेको बताए । यसरी ठूलो संख्यामा जरिवाना गरिएका कारण अबदेखि सबै शिक्षकले सम्पति विवरण बुझाउने विश्वास ब्यक्त गरे ।

Loading...