सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश खड्काले पाइन अवकाश

काठमाडौं । सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश मीरा खड्काले अवकाश पाएकी छन् ।

६५ वर्षे उमेरहदका कारण जेठ २ गतेदेखि अवकाश पाउने भएपछि सर्वोच्च अदालतले न्यायाधीश खड्कालाई गत बिहीबार बिदाइ गरेको छ ।

शाखा अधिकृतको रुपमा न्यायसेवामा प्रवेश गरेकी खड्का जिल्ला, पुनरावेदन हुँदै सर्वोच्च अदालतको न्यायाधीश भएकी थिइन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाभियोग लागेसँगै वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की कामु प्रधानन्यायाधीश भएपछि उनी न्यायपरिषद्को सदस्य समेत बनेकी थिइन् ।

खड्काको अवकाशसँगै सर्वोच्च अदालतमा हरिकृष्ण कार्की वरिष्ठतम् न्यायाधीश भएका छन् । उनी अब न्यायपरिषद्को सदस्य समेत हुनेछन् । साथै वरिष्ठताक्रम हिसाब गर्दा न्यायाधीश डा. आनन्दमोहन भट्टराई समेत संवैधानिक इजलासमा पर्नेछन् ।

 

Loading...