दाङ विष्फोटमा घाइते म्यादी प्रहरीको कोहोलपुर मेडिकल कलेजमा मृत्यु

दाङ, १३ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवालार्इ लक्षित गरी प्रहार गरिएकाे वम विष्फाेटमा परी घाइते भएका एक जना म्यादी प्रहरीकाे ज्यान गएकाे छ । दाङको तुलसीपुरमा अज्ञात समुहको बम विष्फोटबाट घाइते भएका म्यादी प्रहरी विनोद चाैधरीको उपचारकाे क्रममा ज्यान गएको हाे ।

मंगलबार अपरान्ह भएको बम बिस्फोटमा परी घाइते भएका चाैधरीलार्इ उपचारका लागि काेहाेलपुर मेडिकल कलेजमा पुर्याइएकाे थियाे । उनको बुधबार बिहान २:३० बजे उपचारकै क्रममा ज्यान गएकाे हाे ।

दाङका प्रहरी प्रमुख एसपी दुर्गा सिँहले बम बिस्फोटबाट घाइते भएका मध्ये तीनजनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको जानकारी दिए । बाँकी पाँचजनाको राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तुलसीपुरमा अायाेजना गरिएकाे अामसभालार्इ सम्बाेधन गर्न जान लागेका प्रधानमन्त्री शेरबहादुर देउवालाई लक्षित गर्दै गराइएकाे बम विस्फोटबाट ९ जना घाइते भएका थिए ।
आमसभा अायाेजना गरिएकाे ठाउँबाट करिब पाँच सय मिटरको दूरीमा उक्त वम विष्फाेट भएकाे थियाे । मोटरसाइकलमा आएका दुईजना व्यक्तिले बम फालेर भागेको र त्याे केहीबेरमै विष्फाेट भएकाे प्रत्यक्षदर्शीले जानकारी दिएका थिए ।

Loading...