अन्तिममा अाएर वाम गठबन्धनका एक उम्मेदवारकाे उम्मेदवारी रद्द गरेपछि गठबन्धनमा तनाव

निर्वाचन अायाेग नै वाम गठबन्धनलार्इ हराउन लागेकाे अाराेप !

काठमाडौँ, ११ मंसिर । निर्वाचन आयोगले सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ का माओवादी केन्द्रका नेता तथा बाम गठबन्धनका साझा उम्मेदवार शिवपूजन रायको उम्मेदवारी रद्द गरेको छ ।

राय पहिलो संविधानसभामा सदस्य रहेका बेला आफूले पाएको कुटनीतिक राहदानी दुरुपयोग गरेको अभियोगमा विशेष अदालतबाट सजाय पाएका व्यक्ति भएको हुनाले उनले उम्मेद्वारी दिन नपाउने भन्दै उनि विरुद्ध उजुरी परेको थियो ।

उनीविरुद्ध सोही क्षेत्रका स्वतन्त्र उमेदवार गणेशकुमार सिंहले जिल्लामा र अर्का स्वतन्त्र उमेदवार अनिलकुमार सिंहले कात्तिक १९ गते आयोगमा निवेदन दर्ता गराएका थिए ।

आयोगले रायको विषयमा निर्णय गर्न ढिला गरेपछि उजुरीकर्ताहरुले सर्वोच्चमा समेत रिट दायर गरेका छन् । सर्वोच्चले त्यस विषयमा आयोगसँग जवाफ मागेपछि आयोगले उक्त जवाफ पठाउनु अगावै रायको उम्मेदवारी खारेज गरेको हो ।

आयोगले प्रतिनिधिसभाको निर्वाचन ऐनअनुसार रायको उम्मेदवारी खारेज गरिएको र सोको जानकारी सम्बन्धित निर्वाचन अधिकृत र उम्मेदवार रायलाई जानकारी गराउने निर्णय गरेको छ ।

विशेष अदालतले २०७२ साउन २६ गते कुटनीतिक राहदानी (सरकारी कागजात) सच्याई हेरफेर गरी अनाधिकृत मानिस विदेश पठाई भ्रष्टाचार गरेको फैजदारी अभियागमा रायलाई ४ महिना कैद र १५ हजारको जरिवानाको फैसला गरेको थियो । उक्त मुद्दा अहिले सर्वोच्चमा विचाराधीन छ ।

पहिलो संविधानसभामा तात्कालिन सर्लाही निर्वाचन क्षेत्र नम्बर ६ बाट संघीय समाजवादी फोरमबाट निर्वाचित राय दोस्रो संविधानसभामा तराई मधेस सदभावना पार्टीबाट उमेदवार भई पराजित भएका थिए ।

यतिबेला उनी माओवादीबाट उम्मेदवार बनेका थिए । यतिबेला रायका प्रतिस्पर्धीका रुपमा नेपाली कांग्रेसबाट अमरेशकुमार सिंह र राजपाबाट राकेश मिश्र उम्मेदवार छन् ।

यसअघि आयोगले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सजाय पाएका कांग्रेस नेता गोविन्दराज जोशीको उम्मेदवारी खारेज गरेको थियो ।

उसो त उनका प्रतिष्पर्धी अमरेशकुमार सिंह पनि बेला-बेलामा बिभिन्न काण्डहरु मच्चाएर चर्चामा आएका व्यक्ति हुन् । कहिले राजनीतिक नेताहलाई मानसिक सन्तुलन गुमाएको भनेर संसदमै विवादास्पद भाषण गरेर त कहिले मौन अबधिमा मध्य राती भोट माग्न गाउँ बसेर गोली चलाएर अमरेशकुमार चर्चामा आएका थिए।

त्यस्तै उनलाई टीकापुरमा भएको हिंसात्मक झडपको पनि दोषी ठहर्याएको छ । उनका केही काण्डहरु बारे यहाँ चर्चा गरिएको छ ।

अमरेशकुमारले गरेका थिए ओलीलाई गर्नै नहुने गाली

काँग्रेस नेता अमरेश कुमार सिंहले सांसाद हुँदा संसदमा एमाले अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री केपी ओलीलाई मानसिक सन्तुलन गुमाएको भनेर राजनीतिक नेताले गर्नै नहुने तल्लो स्तरको गाली गरेका थिए।

संसदमा बोल्दै नेता सिंहले पछिल्लो समयको राजनीतिक घटनाक्रमसँग जोड्दै प्रधानमन्त्री ओलीको मानसिक अवस्था ठिक नभएको प्रतिक्रिया दिएका थिए।

उतिबेला माओवादीले एमालेलाई दिएको सर्मथन फिर्ता लिएपछि अल्पमतमा परेको ओली सरकार लिसो टासीएझै टाँसीएर बसेको भन्दै नेता सिंहले मानसिक सन्तुलन गुमाएका नेताका कारण संसद समेत त्यसको शिकार हुन लागेको टिप्पणी गरेका थिए ।

उनको टिप्पणीलाई खण्डन गर्दै एमाले नेताहरुले प्रमाण देखाउन भनेपछि संसदमा केही बेर हंगामा नै हुन पुग्यो । सांसदहरुबिच भनाभनको अवस्था सिर्जना भएलगत्तै सभामुख ओनसरी घर्तिले संसदमा सभ्य भाषाको प्रयोग गर्न भन्दै काँग्रेस र एमाले सांसदहरुलाई सुझाएकी गिइन् ।

स्थानीय निर्वाचनको बेला अमरेशले मच्चाए गोली काण्ड

यस्तै अमरेशकुमार सिंहले गत असोज १ गते सर्लाहीमा राती ८ बजे गाउँ पसेर अंगरक्षकलाई गोली चलाउन लगाएका थिए ।

सर्लाहीको बलरा तीनमा रातिमा गाउँ पसेका उनलाई त्यहाका स्थानीयले मौन अवधिमा राती किन गाउँ पसेको भनेपछि उनले अंग रक्षकलाई गोली चलाउन लगाएर गाउलेलाई धम्क्याउने प्रयास गरेका थिए ।

जति बेला उक्त क्षेत्रमा दोस्रो चरणको स्थानीय तह निर्वाचन निर्वाचन हुदै थियो । अमरेशकुमारले मौन अवधिमा पनि आचारसंहिता मिचेर भोट माग्न गाउँ छिरेको भन्दै स्थानियहरुले अमरेशविरुद्ध नाराबाजी गरेपछि उनले गोली चलाउन लगाएका थिए ।

स्थानीयले अमरेश नेतृत्वको टोली बलरामा पुगेको बेला घेरा हालेपछि अंगरक्षकले गोली चलाएको जिल्ला प्रहरी कार्यालय सर्लाही स्वीकार गरेको थियो।

टीकापुर घटनामा पनि मुछिएका थिए अमरेश

कैलालीको टीकापुरमा २०७२ भदौ ७ मा भएको घटनामा पनि अमरेशकुमार सिंह नै मुछिएका थिए । उनले टिकापुर पुगेर आफ्नो पार्टीको निति बिपरित मन्तब्य दिएपछि नेपाली काँग्रेसले सिंहलाई २४ घन्टे स्पष्टीकरण सोधेको थियो ।

कांग्रेसको पार्टी अनुशासन समितिले सिंहलाई कैलाली जिल्लामा सामाजिक सद्भाव भड्कने गरी अभिव्यक्ति दिए पश्चातका बिकसीत घटनासँग जोडेर स्पष्टीकरण सोधेको थियो ।

कैलाली घटनाको केही दिन अघि मधेसी मोर्चाका नेताहरूसँग एउटै मञ्चबाट अमरेशले सामाजिक सद्भाव बिथोल्नेगरी अभिव्यक्ति दिएका थिए ।

मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादब, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँगै एकै कार्यक्रममा उनले दिएको अभिव्यक्तिको अडियो रेकर्ड संसदको राज्य व्यवस्था समितिले छानविन गरिरहेको अवस्थामा पार्टीले स्पष्टिकरण सोधेको थियो ।

सिंहलाई अनुशासन उल्लँघनको कार्वाहि गर्न पार्टी तत्कालिन सभापति शुशिल कोईरालाले अनुसाशन समितीका कार्यबाहक सभापति दिलबहादुर घर्तिलाई आग्रह गरेका थिए ।

उपद्रो गरीरहने अमरेशले पार्टीले २४ घण्टे अल्टिमेटम सहितको पत्र तयार गरेपनि उनि पार्टिको सम्पर्कमा नआएपछि त्यतिबेला कांग्रेसले सार्बजनिक रुपमा पत्राचार गर्नुपरेको थियो ।

संसदको राज्यव्यवस्था समितिको टीकापुर घटना अध्ययन गर्न गठित उपसमितिले २०७२ साउन २८ मा विभिन्न दलका नेताहरूले थारूवान संघर्ष समितिको आमसभामा दिएको अभिव्यक्तिका कारण भदौ ७ मा टीकापुर घटना भएको उपसमितिले निष्कर्ष निकालेको थियो।

घटनामा प्रहरी वरिष्ठ उपरीक्षकसहित ७ प्रहरी र एक बालकको मृत्यु भएको थियो । उक्त घटनाको पूर्वसन्ध्यामा टीकापुरमा गरिएको सभामा तत्कालिन सांसद तथा कांग्रेस नेता अमरेशकुमार सिंहले आन्दोलनकारिलाई उत्तेजित पार्ने खालको भाषण गरेका थिए ।

त्यस्तै उक्त सभामा बोल्ने फोरमका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, माओवादी केन्द्रका नेता देव गुरुङलगायत जिम्मेवार नेताहरूको अभिव्यक्तिको पृष्ठभूमिमा घटना भएको उपसमितिको प्रतिवेदनमा उल्लेख छ ।

Loading...