मेसीको प्रहार गोललाइन क्रस गरे पनि रेफ्रीले मान्यता नदिँदा स्पेनिस ला लिगामा विवाद

एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलको पहिलो हाफमा लिग लिडर बार्सिलोनाका लिओनल मेस्सीले भेलेन्सिया विरुद्ध पहिलो हाफमा गरेको प्रहारले स्पष्ट रुपमा गोललाइन पार गर्यो तर पनि गोल दिइएन्।

मेस्सीले प्रहार गरेको गोलले लाइन पार गरेपछि भ्यालेन्सियाका गोलरक्षकले बल समातेका थिए। तर, डी बक्स बाहिर रहेका रेफ्रीले उक्त कुराको चाल पाएनन् र मेस्सीको गोललाई मान्यता दिएनन्। आफ्नो गोलले मान्यता नपाएपछि मेस्सी रिसाएका थिए।

लालिगामा गोललाइन टेक्नोलोजीको प्रयोग नहुँदा बार्सिलोनालाई त्यसको मार पर्यो। मेस्सीको गोलले मान्यता नपाएपछि दोस्रो स्थानको भ्यालेन्सियासँग बार्सिलोना बराबरीमा रोकिएको छ।

अवे मैदानमा भएको खेलमा बार्सिलोना दोस्रो स्थानको भ्यालेन्सियासँग १–१ को बराबरी खेल्यो। खेलको ६० औं मिनेटमा रोड्रिगोले गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाए भने जोर्डी अल्बाले ८२ औं मिनेटमा बराबरी गोल फर्काए।

योसँगै बार्सिलोनाको ला लिगामा अपराजित यात्रा कायमै छ। लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाको१३ खेलबाट ३५ अंक भएको छ। दोस्रो स्थानमा रहेको भ्यालेन्सियाको ३१ अंक छ। बार्सिलोना तेस्रो र चौथो स्थानका एथ्लेटिको मड्रिड र रियल मड्रिड भन्दा ८ अंकले अघि रहेको छ।

हेर्नुहाेस् भिडियाे

Loading...