कालिकोटको मुम्रामा भिडन्त, २ घाइते, बुथ कब्जामा

कालिकोट, ९ मंसिर । कालिकोटको मुम्रामा निर्वाचन सुरक्षाको लागी गएको प्रहरी र स्थानीयबीच दोहोरो भिडन्त भएको छ । दोहोरो भिडन्तमा परी २ जना घाइते भएका छन् । उनीहरु प्रहरीले चलाएको गोली लागेर घाइते भएका हुन् । घाइते हुनेमा स्थानीय महेन्द्र शाही र तन बिक रहेका छन ।

भोलि हुने मतदानको लागि सम्पूर्ण सामाग्री लिएर गएको प्रहरी र कर्मचारीहरुको टाेलीलाई स्थानीयले घेराबन्दीमा पारी लखेट्न थालेपछि दोहोरो भिडन्त भएको हाम्रा स्थानीय संवाददाताले जानकारी दिएका छन् ।

शनिबार राती ९ बजेदेखि सुरु भएको स्थानीय र प्रहरीबीचको दोहोरो भिडन्त अहिले पनि जारी रहेको छ । राती करिब १० बजे स्थानीयले मुम्राको क्यूरी मतदान केन्द्रको सम्पूर्ण बुथ कब्जा गरेका छन् ।

मतदान केन्द्र नै स्थानीयले कब्जा गरेपछि सुरक्षाकर्मीहरु त्यहाँबाट केही तल भागेका छन् भने कुनै पनि हालतमा मतदान गर्न नदिने भन्दै स्थानीयले मुम्रालाई घेरा हालेर बसेका छन् ।

घटनाका बारेमा अहिलेसम्म प्रहरीले केही बताउन चाहेको छैन । पछिल्लाे जानकारी अनुसार केहिबेर अगाडि मात्र घटनास्थलमना नेपाली सेनाको टाेली पुगेकाे छ । सेना पुगेपछि वम विष्फोट भएकाे अावाज पनि अाइरहेकाे स्थानीयले जानकारी दिएका छन ।

 

थप विवरण आउ

Loading...