बाजुरामा हेलिकोप्टरबाट सेनाको गस्ती, चुनावको मुखमा हेलिकोप्टरबाट ठूलो सङ्ख्यामा सुरक्षाकर्मी ओसारिदै

बाजुरा, ९ मंसिर ।  युद्धकालकाे झल्काे दिनेगरी कालिकाेट र बाजुरामा सरकारले हवार्इ गस्ती बढाएकाे छ । साथै जिल्लामा ठूलाे सङ्ख्यामा सुरक्षाकर्मी पनि हेलिकाेप्टरबाट अाेसारिन थालिएकाे छ । जिल्लामा हवाइ गस्ती बढ्नुका साथै ठाउँ ठाउँमा ठूलाे सङ्ख्यामा सुरक्षाकर्मी हेलिकाेप्टरबाट अाेसार्न थालिएपछि यहाँका जनता त्रसित बनेका छन् । 

यससँगै जिल्लामा केही ठाउँमा वम विष्फाेटका घटना पनि बढेका छन । अाज शनिवार मात्र त्रिवेणी नगरपालिका–८ को कालापानी मतदान केन्द्रमा शक्तिशाही सिलिण्डर बम विस्फोट भएको छ । पहिलो चरण अन्तरगत भोलि विहान ५ बजेबाट मतदानको तयारी भइरहेको बेला शनिबार साँझ सात बजेतिर बम विस्फोट भएको बताइएको छ । उक्त घटनापछि मतदान केन्द्रमा पुगेका सुरक्षाकर्मी र कर्मचारीको भागदौड मच्चिएको स्थानीयले कम्युनिस्ट न्यूज सेन्टरलाई जानकारी दिए ।

हिजो राति बड्डेली मतदान केन्द्रलगायतका ठाउँहरुमा पनि बम विस्फोट भएका थिए । क्षेत्रीय सुरक्षा समितिको शनिबार बसेको बैठकले बाजुरालाई जोखिमपूर्ण भन्दै थप सुरक्षाकर्मी परिचलन गरेको थियो । क्षेत्रीय कार्यालय दिपायल र अछामबाट हेलिकोप्टर र गाडीबाट बाजुरामा सुरक्षाकर्मी थप गरिएको छ ।

Loading...