नेकपाका पोलिटब्यूरो सदस्य विरजंग अस्पतालबाटै पक्राउ

काठमाडौँ, ८ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका पाेलिटब्युराे सदस्य तथा लुम्बिनी ब्युरो ईन्चार्ज चन्द्रबहादुर चन्द ‘बिरजंग’ लाई प्रहरीले काठमाडौंबाट गिरफ्तार गरेको छ ।

बिरामी छोरालाई निदान अस्पतालको कोमामा राखेर उपचार गराइरहेका नेता चन्दलाई प्रहरीले शुक्रबार दिउसो काठमाडौँको नारायणथानबाट गिरफ्तार गरेको नेकपाका पोलिटब्युरो सदस्य मोहन कार्कीले जानकारी दिएका छन् ।

काेमामा राखेर बिरामी छोराको उपचार गराइरहेका नेता चन्द उपचार खर्च खाेज्न अाफन्तकाेमा गएको मौका छोपी आफुहरु चुनाव प्रचारप्रसारमा अाएका हाै भन्दै सिभिलमा आएको प्रहरीले अपहरणको शैलीमा गिरफ्तार गरेको नेता कार्कीले बताए ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिंदै जाँदा निर्वाचन बिरोधी गतिबिधिमा संलग्न रहेको आरोप लगाउँदै देउवा नेतृत्वमा रहेको कांग्रेस माओवादी सरकारले नेकपाका नेता कार्यकर्ताहरुमाथि ब्यापक धरपकड र दमन गर्न थालेको छ ।

पछिल्लो समय प्रहरीले नेकपालाई समर्थन गरेकै कारण गम्भीर बिरामीको कुरुवा बसेका आफन्त, बुवाअामाको किरिया बसेका छोराछोरी र मलामी जाँदै गरेका आफन्तका साथै दुधे बच्चाका अामालाई समेत गिरफ्तार गरेर गम्भीर मानवअधिकार उल्लंघनका घटना दोहोर्याउन थालेको छ ।

त्यसैगरी अाजै काठमाडाैंकाे हाँडिगाउँबाट प्रतिमा बजगार्इ र सुर्इ विश्वकर्मालार्इ पनि गिरफ्तार गरिएकाे छ । उनीहरु दुर्इ पति पत्नी हुन् । हाँडीगाउँस्थित एक अाफन्तकाे काेठाबाट उनीहरुलार्इ गिरफ्तार गरिएकाे बताइएकाे छ । उनका अाफन्तले हाल उनीहरुलार्इ महानगरीय प्रहरी परिसर टेकुमा राखिएकाे छ । 

Loading...