बार्सिलोना र रियल मड्रिडलाई भ्यालेन्सियाकाे कडा चुनौती

एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा जित निकाल्दै भ्यालेन्सियाले बार्सिलोना र रियल मड्रिडलाई चुनौती थपेको छ।

जितसँगै दोस्रो स्थानको भ्यालेन्सियाको १२ खेलबाट ३० अंक भएको छ। शीर्षस्थानको बार्सिलोना उ भन्दा ४ स्थान मात्रै माथि छ भने रियल मड्रिड भ्यालेन्सिया भन्दा ६ अंकले पछि परेको छ।

लगातार आठौं जित निकाल्ने क्रममा भ्यालेन्सियाले आइतबार राति अवे मैदानमा भएको खेलमास्पानियोललाई २–० ले पराजित गर्यो। भ्यालेन्सियाका लागि ६७ औं मिनेटमा कोन्डोग्बिया र ८३ औं मिनेटमा मिना लोरेन्जोले गोल गरे।

पछिल्लो पटक सन् २००४ मा ला लिगाको उपाधि जितेको भ्यालेन्सियाले आउँदो आइतबार लिग लिडर बार्सिलोनासँग खेल्नेछ।

Loading...