श्रीमतीको हातबाट खुकुरी खोसेर श्रीमतीकै हत्या

खोटाङ, ३ मंसिर । खुकुरी प्रहार गरेर खोटाङका एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।

रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका राजकुमार राईले धारिलो हतियार खुकुरी प्रहार गरी ४२ वर्षीया श्रीमती राजमायाँ राईको हत्या गरेका हुन् ।

घरायसी कुरामा भनाभन हुँदा राईले श्रीमतीलाई खुकुरी प्रहार गर्दा उनको आइतबार दिउँसो घटनास्थलमै ज्यान गएको स्थानीयवासीले बताएका छन् । श्रीमतीको हत्यालगत्तै भागेका राजकुमारलाई लुकिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

श्रीमतीसँगै ससुराली सोही नगरपालिका–७, दोर्पामा बस्दै आएका उनले ससुरालीमै श्रीमतीको हत्या गरेको स्थानीयवासीले बताएका छन् । उनले श्रीमतीको हातमा रहेको खुकुरी खोसेर श्रीमतीलाई नै प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

Loading...