दुर्इ पेस्तोल र १० राउण्ड गोलीसहित गौचनको हत्यामा सम्लन दुर्इ पक्राउ

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न थप दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बसन्त थेबे र धनराज योङहाङ रहेका छन् । उनीहरुलाई कपनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुको साथबाट दुई वटा पेस्तोल र १० राउण्ड गोली समेत बरामद भएको छ । यसअघि गौचनको हत्यामा संलगन रहेका आरोपमा पाँच जना पक्राउ परेका थिए । पक्राउ पर्नेमा गौचनलाई गोली हान्नेदेखि लिएर हतियारको व्यवस्था गर्नेसम्मका थिए ।

घटनाका मुख्य योजनाकारसहित ६ जना अझै फरार रहेका छन् । उनीहरुको पनि खोजीकार्य भईरहेको गौचन हत्याको अनुसन्धान टोलीको नेतृत्व गरेका डिआइजी गणेश केसीले जानकारी दिए ।

Loading...