निर्वाचन आउनै लाग्दा अध्यक्ष ओलीमाथि घरमै गोली हानियो

चुनावको मुखमा जनप्रतिनिधिमाथि गोली प्रहार भएको छ । बाँकेको राप्ती–सोनारी गाउँपालिका–९ का वडा अध्यक्ष महावीर ओलीमाथि गोली प्रहार गरेको हो ।

निर्माण व्यवसायी समेत रहेका वडा अध्यक्ष ओलीमाथि कोहलपुरस्थित घरमै गोली प्रहार भएको प्रहारले बताएको छ ।इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईका अनुसार अज्ञात समूहले विहीबार राति ९ बजे भौतिक आक्रमणपछि गोली प्रहार गरेको थियो ।

पेस्तोलले हानेको गोली ओलीको शरीरमा भने नलागेको बताइएको छ । उक्त समूहले सुरुमा ओलीलाई लछारपछार समेत गरेको थियो ।

ओलीको आफ्नै घरमा नागरिक अस्पताल छ । अस्पतालको सटर बन्द गर्ने क्रममा आफुमाथि गोली प्रहार भएको तर पेस्तोल फायर नभएका कारण बाँचेको अध्यक्ष ओलीले बताए ।
घटनास्थल इलाका प्रहरी कार्यालय कोहलपुरबाट एक सय मिटरको दुरीमा छ । आक्रमण पछि घटनामा संलग्नहरु मोटरसाइलक चढेर भागेको ओलीले बताए ।

Loading...