राजनीतिक स्थायित्व कायम गर्ने वाम गठबन्धनको दावी

 

         

कार्तिक २४ ,काठमाडौँ /

वाम गठबन्धन काठमाडौँ क्षेत्र नं १० तर्फका उम्मेदवार हितमान शाक्यले आफू निर्वाचित भएमा सो क्षेत्रको सडक, खानेपानी, स्वास्थ्य, शिक्षालगायत क्षेत्रको विकासमा प्राथमिकता दिइने बताउनुभएको छ ।

किर्तिपुरमा शुक्रबार आयोजित ‘संयुक्त वाम गठबन्धन उम्मेदवार साक्षात्कार तथा प्रशिक्षण कार्यक्रम’लाई सम्बोधन गर्दै शाक्यले १० नं क्षेत्रलाई नमुना बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य शाक्यले “स्थानीय तहको निर्वाचनमा वाम गठबन्धनको मत प्रतिष्पर्धी नेपाली काँग्रेसको भन्दा १० हजार बढी रहेको छ, यो मतको रक्षा गर्ने मात्रै होइन थप्न सक्नुपर्छ ।” भन्नुभयो ।
उदारवादी अर्थतन्त्र नभई आत्मनिर्भर अर्थतन्त्रको माध्यमबाट मात्रै देशलाई विकासपथमा लैजान सक्ने उहाँको भनाइ छ ।

काठमाडौँ १० बाट प्रदेशसभा ‘क’का उम्मेदवार दिलीप महर्जनले वामपन्थी शक्ति फुट्दा अरुले फाइदा उठाएकाले प्राविधिक रुपमा नेकपा(एमाले) र माओवादी केन्द्र दुई फरक पार्टी रहे पनि व्यावहारिक रुपले एक भइसकेकोे बताउनुभयो । प्रदेश ‘ख’का उम्मेदवार रमा आले मगरले चन्द्रागिरि नगरपालिकामा चक्रपथ बनाइने, थानकोटको सवारी जाम हटाइने, स्थानीय कलासंस्कृतिको प्रवद्र्धन गरिनेलगायत आफ्ना कार्यसूची रहेको जानकारी दिनुभयो ।

Loading...