कोरोनामा ६ अर्ब बढी रकम विनियोजन तर बढ्दैछ संक्रमण

काठमाडौं । सरकारले कोभिड १९ को संक्रमण रोकथाम नियन्त्रण र उपचार व्यवस्थापनमा हालम्म ६ अर्ब भन्दा बढी रकम विनियोजन गरेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आर्थिक वर्ष २०७७/०७८ मा कोभिड १९ संक्रमण रोकथाम नियन्त्रण र उपचार व्यवस्थापनमा ६ अर्ब ८१ करोड ५९ लाख ६ हजार रकम विनियोजन भएको जानकारी दिए ।

जसमा हाइ डिपेन्डेन्सी युनिटका लागि ३ अर्ब २५ करोड समेत समावेश गरिएको जानकारी दिए । उक्त रकममध्ये प्रयोगशाला तथा परीक्षण व्यवस्थापनमा १ अर्ब १२ करोड ४० लाख निकासा गरिएको छ ।

यस्तै संक्रमित व्यवस्थापन, कन्ट्याक ट्रेसिङ, जोखिम भत्ता बापत १ अर्ब १४ करोड २९ लाख ६ हजार निकासा भएको छ भने आइसीयु, भेन्टिलेटर र अस्पताल सूदृढीकरणमा १ अर्ब २९ करोड ९० लाख रकम निकासा गरिएको उनले जानकारी दिए ।

Loading...