माकेका कार्यकर्ताले कांग्रेस नेताको टाउको फुटाए

गोरखा, २३ कार्तिक । माओवादी केन्द्रकी समानुपातिक उम्मेदवार सुशिला सिंखडा सवार मोटरसाइलकमा पेस्तोल भेटिएको २४ घण्टा बित्न नपाउँदै हिंसात्मक घटना भएको छ ।

गोरखाको घ्याम्पेसालमा नेपाली काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । माकेका कार्यकर्ताहरुले धारिलो हतियार प्रहार गरी काँग्रेसका स्थानीय नेता सबिन बानियाँलाई गम्भीर घाइते बनाएका छन् । बानियाँको टाउकोमा गम्भीर चोट लाग्नुको साथै हात पनि धारिलो हतियारले प्रहार गरिएको छ ।

घटनाप्रति अात्ति जनाउँदै काँग्रेस गोरखाले अाक्रमणकारीलाई कारवाहीको माग गरेको छ । उसले कारवाही नभए अाफूहरुले पनि बदला लिने चेतावनी काँग्रेसले दिएको छ ।

Loading...