नवनियुक्त प्रधानमन्त्रीलाई राष्ट्रपतिले गरे अस्वीकृत

एजेन्सी । काजखस्तानका राष्ट्रपतिले देशका नवनियुक्त प्रधानमन्त्रीलाई अस्वीकृत गरेका छन् । यससँगै मध्य एसियाली देश काजखस्तानमा राजनीतिक संकट थप गहिरिएको छ ।

सांसदले राष्ट्रवादी राजनीतिज्ञ साडिर जापरोभलाई प्रधानमन्त्रीमा चयन गरे पनि राष्ट्रपति सूरोन्बे जीनबेकोभले अस्वीकृत गरेका हुन् । उनले संसदलाई पुनः मतदान गर्न भनेका छन् ।

सांसदहरुले जापरोभलाई निर्वाचित गर्ने क्रममा मतदानका नियमहरु पालना गरेको सम्बन्धमा आशंका रहेको भन्दै पुनः मतदान गर्न भनेका हुन्।

गएको अक्टोबर ४ मा भएको विवादास्पद संसदीय चुनावपछि काजखस्तानमा राजनीतिक संकट गहिरिएको छ । चुनावमा धाँधली भएको भन्दै प्रदर्शन भएको थियो । उनीहरुले फेरि मतदान हुनु पर्ने र रुसका पक्षधर राष्ट्रपति जीन्बेकोभले राजीनामा दिनु पर्ने माग गरेका छन् ।

संसदले शनिबार जापरोभलाई देशको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेको थियो, यसअघिका प्रधानमन्त्रीले राजीनामा दिएपछि भएको मतदान मार्फत । मंगलबार राष्ट्रपति जीन्बेकोभले उनको नियुक्ति स्वीकृत नगर्ने बताएका हुन् ।

Loading...