संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदमा नेपाल पुनः निर्वाचित

काठमाडौँ । संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद (एचआरसी) को सदस्यका रुपमा नेपाल पुनः निर्वाचित भएको छ ।

अमेरिकाको न्यूर्योकस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा मंगलबार भएको चुनावमा नेपाल सदस्यमा निर्वाचित भएको हो ।

नेपाल अहिले मानव अधिकार परिषदको सदस्यका रुपमा रहेको छ, सन् २०१८ को जनवरीदेखि । १५० मतसहित पुनः सदस्यका रुपमा निर्वाचित भएको नेपालले परिषदमा सदस्यका रुपमा सन् २०२१–२०२३ को कार्यकालमा पनि निरिन्तर काम गर्ने भएको छ ।

संयुक्त राष्ट्रसंघको ७५ औँ महाशभा अन्तर्गत भएको चुनावमा नेपाल परिषदका लागि निर्वाचित हुने एसिया प्यासिफिक क्षेत्रको चारमध्ये एक देश हो । चीन, पाकिस्तान र उज्वेकिस्तान पनि सदस्यमा निर्वाचित भएका छन् । परिषदमा १५ सदस्य राष्ट्र छन् ।

परिषद सदस्यमा निर्वाचित हुने अरु देशमा अफ्रिकाबाट आइभरी कोस्ट, गाबोन, मालबी र सेनेगल, पूर्वी युरोपबाट रुस र युक्रेन, ल्याटिन अमेरिकाबाट बोलिभिया, क्युवा र मेक्सिको तथा पश्चिम युरोपबाट फ्रान्स र बेलायत निर्वाचित भएका छन् ।

सबै राष्ट्रहरुले जनवरी २०२१ देखि तीन वर्षे कार्यकाल सुरु गर्ने छन् । सदस्यका लागि एसिया प्यासिफिक क्षेत्रमा मात्रै मतदान भएको हो ।

Loading...