बिना स्वीकृति टेलिचलचित्र, म्युजिक भिडियो, फिल्म लगायतमा प्रहरीको पोसाक प्रयोग गरे कारवाही हुने

काठमाडौँ । चलचित्र, टेलिचलचित्र, सर्ट फिल्म, म्युजिक भिडियो भिडियोलगायत निर्माणमा बिना स्वीकृति नेपाल प्रहरीले प्रयोग गर्न नपाइने भएको छ। गर्दै आएको पोसाक प्रयोग गर्नुपरेमा स्वीकृति लिएर मात्रै प्रयोग गर्न आग्रह गरिएको छ ।

प्रहरी प्रधान कार्यालय, नक्सालले विहीबार प्रेस विज्ञप्ती जारी गर्दै चलचित्र तथा टेलिचलचित्रलगायतमा प्रहरीको पोसाक प्रयोग गर्नुपरेमा स्वीकृति लिएर मात्रै प्रयोग गर्न आग्रह गरिएको छ ।

प्रहरी पोसाकको प्रयोग गर्नुपूर्व प्रहरी प्रधान कार्यालय नक्सालस्थित जनसम्पर्क तथा प्रचारप्रसार ईकाईमा पोसाकको प्रयोग गर्नुको प्रयोजन खुलाई स्वीकृति लिनुपर्ने प्रावधान रहेको जानकारी उक्त बिज्ञप्ति मार्फत सम्बन्धित सबैलाई जानकारी गराएको छ।

विना स्वीकृति प्रहरीको पोसाक प्रयोग भएको पाइएमा प्रचलित कानून अनुसार कारबाही हुने पनि जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रहरी प्रधान कार्यालय जनसम्पर्क तथा प्रचारप्रसार ईकाईको स्वीकृति नलिईकन कुनै पनि प्रयोजनका लागि नेपाल प्रहरीले प्रयोग गर्ने गरेको पोसाक, पोसाकमा प्रयोग हुने दज्र्यानी चिन्ह र प्रहरीको मोनोग्राफ प्रयोग नगर्न तथा नगराउन आग्रह पनि गरेको छ ।

Loading...