डा.गोविन्द केसीको तर्फवाट पनि बन्यो बार्ता टोली

आश्विन २२, काठमाडौँ । सरकारले अनसनरत डा. गोविन्द केसीसगँ वार्ता गर्न टोली बनए पछि डा. गोविन्द केसीको तर्फबाट पनि सरकार संग बार्ता गर्न चार सदस्यीय वार्ता टोली बनेको छ । सरकारले बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा वार्ता टोली गठन गरे लगत्तै डा.केसीको तर्फबाट पनि वार्ता टोली बनेको हो ।

टोलीमा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष अञ्जनीकुमार झा, नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य छन् । केसी अनसन बसेको २४ दिन विते पछि सरकारको तर्फ बाट वार्ता टोली बनाईएको हो। डा.केसी चिकित्सा शिक्षा, स्वास्थ्य सुधारको माग गर्दै २४ दिनदेखि अनसनरत छन् ।

Loading...