एक करोड लागतमा पोखरामा बनाइएको भलिवल तालिमकेन्द्र सुरु

पोखरा, २० कार्तिक । पोखरा रंगशालाको हातामा नव निर्मित भलिबल ट्रेनिङ सेन्टर र मिडिया सेन्टर खुल्ला गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को ९५ लाख र पोखरा– लेखनाथ महानगरपालिकाको दुई लाख गरी ९७ लाखको लागतमा निर्माण गरिएको सो सेन्टरको शुभारम्भ राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले गरेका हुन् ।

परिषद्को १८ लाख ९० हजारको लागतमा निर्माण गरिएको मिडिया सेन्टरमा १० वटा कम्प्युटर, दुई थान ल्यापटप, प्रिन्टर, फोटोकपी र द्रूत गतिको इन्टरनेट सेवा जडान गरिएको छ ।

सन् २०१९ मा नेपालमा आयोजना गरिने १३ औँं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा यहाँ विभिन्न ६ वटा खेल हुने र ती खेलको समाचार संकलनमा सो सेन्टरले सञ्चारकर्मीलाई सहज हुने बताइएको छ ।

सदस्य–सचिव विष्टले डेढ वर्षभित्र पोखरा रंगशाला अन्तर्राष्ट्रियस्तरको नमुना रंगशाला हुने विश्वास व्यक्त गरे ।

यस रंगशाला अधिराज्यकै धेरै पूर्वाधार भएको रंगशाला भएको चर्चा गर्दै उहांले अव एक÷दुई दिनभित्रमा एघार करोडको डोम कभर्डहल निर्माण गर्न बोलपत्र आह्वान गरिने र एक अर्बको लागतमा अत्याधुनिक प्याराफिटको पूmटबल मैदान निर्माण गरिने पनि जानकारी गराए ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि देशमा राजनीतिक स्थायित्व आउने र खेलकुदको क्षेत्रको विकासमा कायपलटनै हुने विचार व्यक्त गर्दै उनले खेलाडीलाई जीविकोपार्जनका लागि मासिक भत्ताको समेत व्यवस्था गर्न लागिएकाले खेलप्रति नेपाली युवायुवतीको आकर्षण बढ्ने विश्वास व्यक्त गरे ।

युवा तथा खेलकुद मन्त्रीका सल्लाहकार विजय बस्नेतले १३ औं साग खेलकुद प्रतियोगिता तोकिएकै समयमा सम्पन्न गर्न बजेटको कमी हुन नदिइने उल्लेख गर्दै पोखरामा छ भन्दा बढी खेल सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गरे ।

पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले पोखरालाई मोफसलको खेलकुदको राजधानी बनाउने गरी पूर्वाधार निर्माण भइरहेको जानकारी गराए ।

Loading...