आठ मन्त्रीहरुलार्इ जवरजस्त हिरासत लगिएपछि

एजेन्सी । स्पेनबाट अलग हुन संघर्ष गरिएकाे क्याटालाेनिया राज्यका मन्त्रीहरुलार्इ स्पेन सरकार जवरजस्त हिरासतमा लिएपछि फेरि साे क्षेत्रमा तनाव छाएकाे छ । क्याटालाेनिया राज्यका ८ जना मन्त्रीलार्इ हिरासतमा लिइएकाे छ । त्यसकाे विराेधमा क्याटालाेनियका बिभिन्न क्षेत्रबाट प्रदर्शन सुरु भएकाे छ ।

क्याटालाेनियालार्इ स्पेनबाट स्वतन्त्र बनाउन सक्रियपूर्वक लागेकाे अाराेपमा सरकारले ८ जना क्षेत्रीय मन्त्रीहरुलाई हिरासतमा लिएकाे हाे । स्पेनको उच्च अदालत सामू पेश गरिएका ती अधिकारीहरुमाथि विद्रोह, अलगवाद र सार्वजनिक सम्पत्तिको दुरुपयोगको आरोप लगाइएको छ ।

त्यस्तै अपदस्त गरिएका क्याटान नेता काल्र्स प्युगडेमोन्टविरुद्ध पनि युरोपियन पक्राउ पुर्जी जारी गर्ने तयारी गरिएको छ । अदालतमा उपस्थित नभएका उनी हाल बेल्जियममा रहेका छन् ।

अदालतमा उपस्थित नहुने अन्य चार पूर्व मन्त्रिहरुविरुद्ध पनि पक्राउ पूर्जी जारी गर्न माग गरिएको छ ।

गत अक्टोबर १ मा क्याटालोनियामा स्पेनसँग अलग हुने गरी जनमत संग्रह आयोजना गरेपछि स्पेनमा संवैधानिक संकट देखिएको छ । अदालतले भने उक्त जनमत संग्रहलाई अवैध बताइसकेको छ ।

क्याटालोनियाका सांसदहरुले स्पेनबाट अलग भएर स्वतन्त्रता घोषणाको घोषणा गर्ने बताएका थिए भने क्याटालान सरकारले पनि उक्त जनमतसंग्रहमा भाग लिएका ४३ प्रतिशत जनतामध्ये ९० प्रतिशत स्वतन्त्रताको पक्षमा रहेको दाबी गरेको थियो ।

बिहिबार हजारौँको संज्ञामा सर्वसाधारण क्याटालोनियाको क्षेत्रीय संसद अगाडि उपस्थित भएर प्रदर्शन गरेका थिए । उनीहरुले राजनीतिक बन्दीको रिहाईको माग गरेका थिए । क्याटालोनियाका अन्य क्षेत्रमा पनि यस्तै प्रदर्शनको आयोजना गरिएको बताइएकाे छ ।

Loading...