प्रधानन्यायाधिश चोलेन्द्रमाथि महाअभियोग लगाउन माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं, ९ साउन । प्रधानन्यायाधिश चाेलेन्द्र शमशेर राणा विरुद्ध एकाएक सडकमा तीब्र विराेध देखा परेकाे छ । यसैक्रममा शुक्रबार काठमाडाैंकाे माइतीघरमा उनीमाथि महाअभियाेग लगाउनु पर्ने माग गर्दै प्रदर्शन गरिएकाे छ ।

प्रधानन्यायाधिश चाेलेन्द्र शमशेरसहितकाे इजलासले श्रीमतीको हत्या गरेपछि जेल सजाय काटिरहेका सशस्त्र प्रहरीका पूर्व डीआईजी रन्जन कोइरालालाइ सजाय घटाएर जेल छुटाउने फैसला गरेपछि एकाएक प्रधान्यायाधिश विरुद्ध प्रदर्शन बढेका हुन्को ।

स्वतन्त्र राष्ट्रिय अभियान नेपालको पहलमा माइतीघर मण्डलामा गरिएको प्रदर्शनमा सहभागीहरुले ‘अदालतको चोला फेर्न चोलेन्द्रलाई महाअभियोग’, ‘भागबण्डाको गोटीले, उन्मुक्ति पाए भेटीले’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले तत्कालिन पुनरावेदन अदालतले जन्मकैदको सजाय सुनाएको कोइरालालाई साढे ८ वर्षमात्र कैद हुने फैसला गरेको थियो । सर्वोच्चको साेही फैसला वमाेजिम बिहीबार कोइराला जेलबाट छुटेका छन् ।

Loading...