सयाैं भारतीय सुरक्षाकर्मी प्रवेश गरी सडक निर्माणमा अवराेध : जिप्रका भन्छ थाहा छैन

कञ्चनपुरको बेलौरीमा सयाैं भारतीय सुरक्षाकर्मी प्रवेश गरेर सडक निर्माणमा अवराेध गरेका छन् ।पचुँइस्थित सीमा स्तम्भ नम्बर ३८ नजिक निर्माण भइरहेकाे हुलाकी सडक निर्माणमा उनीहरुले अवराेध गरेका हुन् ।

१ दर्जन बढी गाडी चढेर हातहतियार सहित आएको भारतीय सुरक्षाकर्मीको फाैजले अवरोध गरेपछि सडक निर्माण कार्य रोकिएको छ । उनीहरुले उक्त क्षेत्र भारतकाे दाबी गर्दै सडक निर्माण कार्यमा अवराेध गरेका हुन् ।

श्रेतका अनुसार बिना समन्वय हातहतियार सहित घुसेर भारतीय फाैज फिर्ता हुँदा सम्म नेपाल सरकारले भने कुनै कार्वाही गर्न सकेन । यसबारे बुझ्न खाेज्दा जिल्ला प्रशासन कार्यालय कन्चनपुरका सूचना अधिकारी रहेका प्रशासकीय अधिकृत कृष्णानन्द जाेशीले आफूलाइ केही थाहाँ नभएकाे बताए । सहायक सीडीअेा गाेकर्णप्रसाद उपाध्यायले आफूले केही भन्न नसक्ने प्रतिकृया दिए भने सीडीअेा नूरहरी खतिवडाले भने यसबारे सीमामा रहेका सशस्त्र प्रहरीका एसपीसंग बुझ्न सुझाव दिए ।

Loading...