यौन क्रियाकलापका ८४ आसन कुदिएको विश्वनाथ मन्दिर

काठमाडौँ, २३ असार । तिब्बत-नेपाल ब्यापार शुरु गरे देशलाई ठूलो फाइदा गराउने आफ्नै ज्वाई काजी भिम मल्ललाइ अर्काको चुक्लिका आधारमा विना छानबिन हत्या गरेपछि राजा लक्ष्मी नरसिंह पागल भए । नेपाल संवत ७६१ मा पागल पितालाई कैदगरी राजा बनेका प्रताप मल्लले नेपाल संवत ७७४ मा जग मात्र हाली अधुरो छाडेको विश्वनाथ मन्दिरला दुइतल्ले पेगोडा शैलीमा निर्माण सपन्न गरे। त्यही मन्दिरका चारैतिर रहेका टुँडालमा विभिन्न यौन क्रियाकलापका ८४ आसन कुदिएका छन । त्यस्ता अाशन कुदिएकाे हुँदा युवाहरुमा याे मन्दिर ‘ब्लु टेम्पल’ वा ‘इरोटिक टेम्पल’ का रुपमा परिचित छ ।

विश्वनाथ मन्दिरबाट भित्र राजा प्रताप मल्लको राज्यकालदेखि रहेका बसन्तपुर्, भूगोल पार्क, टेबहालदेखि भीमसेनस्थानसम्म ३५ वटा चोक रहेको बताइन्छ। चोकलाई व्यवस्थित गर्न राजा प्रताप मल्लले नेपाल संवत ७६९ मा सुन्दरी चोक र नस्ल चोक छुट्याउन लगाए। जहाँ लिच्क्षिवीकालमा निर्मित नौतले दरवारमा चाँगुनारायणको फुलपाति भित्रयाउने परम्परा रहेको थियो। जुन दरवारमा प्रताप मल्लले नेपाल संवत ७९३ मा कान्तिपुर, ललितपुर, भक्तपुर र किर्तिपुरका राजाहरुलाई बास बस्नु पर्दा छुट्टा छुटै बस्ने गरी चार पुर निर्माण गराएका थिए। कवि, तान्त्रिक, कवि र देरै भाषामा ज्ञान रहेका प्रताप मल्लले नासल चोकमा नयाँ राजालाइ राज्याभिषेक गर्ने डबली, पाँचतल्ले चकला (गोलाकार) पञ्च मुखी हनुमान र नृसिंहको मुर्ति स्थापना गर्न लगाए।

हनुमान ढोका दरवारभित्र चोकमा दाखको रुख भएकोले यस चोकलाई दाख चोक भनिन्छ, जहाँ राजाको देहान्त हुँदा जनतालाई कारण सुनाइने र जनताले पनि समवेदना व्यक्त गर्ने गरिन्थ्यो। नेपाल संवत ७९२ मा दरवारको भित्तामा १५ विभिन्न भाषालिपिमा आक्षर कोर्न लगाई रोग ब्याधीबाट बच्न ढोका अगाडि हनुमानको मुर्ति स्थापना गर्न लगाएपछि ब्बत दरवारको नाउनै हनुमान ढोका दरवार भएको हो।

ने.सं. ७८० मा भण्डारखालमा पोखरी खनी बुढानिलकण्ठको स्थापना गराए। हाल हनुमानढोका दरवार भित्र ने स ७५४ मा राजा लक्ष्मीनाराशिह मल्लले बनाउन लगाएको त्रिशुल चोक, तलेजु लिच्क्षवी मोहन चोक सहित नौवटा चोक मात्र बाँकी रहेका छन् । 

 

 

 

नेपाल मण्डल सम्पदाबाट  

Loading...