साँझ अबेर बालुवाटारमा मन्त्रीहरुसँग प्रधानमन्त्रीले बोलाएको बैठक सकियो

काठमाडौं, २० असार । राष्ट्रपतिसँगकाे गाेप्य भेट लगत्तै बालुवाटारमा प्रधानमन्त्रीले मन्त्रीसँग गरेकाे बैठक पनि सकिएकाे छ । शनिबार साँझ अबेर भएको छलफलमा के के कुरा भए भन्नेबारे भने केही बताइएकाे छैन । 

प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा भएको छलफल सकिएको पनि छलफल र निकर्ष केही सुनाइएको छैन । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैठकपछि छलफल सकिएको प्रतिक्रिया दिए पनि छलफलका विषयका बारे भने केही खुलाउन चाहेनन् ।

शनिबार अपराह्न शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका प्रधानमन्त्री ओलीले त्यसपछि सवा सात बजेबाट मन्त्री र राज्यमन्त्रीसँग गरेका थिए । करीब सबा ८ बजेसम्म छलफल चलेको थियो ।

Loading...