काठमाडौँ उपत्यका भित्रिने नाकामा थप कडाई गर्न संघीय सरकारसँग मेयर शाक्यको आग्रह

  काठमाडौं । बैशाख २३ गते सर्लाहीबाट सरकारी गाडीमा बसेर एक महिला दुई जना छोरा–छोरीसहित काठमाडौँ आइन् । श्रीमान् भने काठमाडौँमै थिए । प्रदेश २ अन्तर्गत सामाजिक विकास मन्त्रालयको बा २ झ २४१३ नम्बरको गाडीबाट आएका उनीहरु सुरुमा २३ वडा ओमबहालमा नातेदारको डेरामा बस्न गएका थिए ।

https://nonstopkhabar.com/?p=54868&fbclid=IwAR1I7BPaRAbKqMC1Io7dZ_ZGH3Xmqtyild3HG5b0ZG2SzkDR5smiKSs21iM

  nanstopkhbar खबर संगै अरु संचार मध्यमले निरन्तर पछ्याए पछि स्थानीय क्लव ,वडाले पनि जोद्तोड़ले विरोध गरे । उनीहरु त्यहाँबाट बिना कसैलाई जानकारी गराई नजिकै महानगर पालिका अन्तर्गतकै वडा–२२ को वटु टोलमा रहेको गोदाममा बस्न गए । यसबारे थाहा पाएका त्यस क्षेत्रमा टोलबासीले पनि संक्रमण जोखम लिन नसकिने भन्दै विरोध भएपछि काठमाडौं महानगरपालिका वडा–२२ का वडाध्यक्ष चिनीकाजी महर्जनको समन्वयमा उनीहरुलाई जिल्ला नै फर्काइयो । महानगरीय प्रहरी वृत्त जनसेवाका डीएसपी सुनिलजंङ शाहले जनप्रतिनिधिको समन्वयमा उनीहरुलाई आएकै जिल्लातर्फ सकुसल फिर्ता पठाएको जानकारी गराएका थिए ।
काठमाडौँ महानगरपालिककै वडा–१८ का अध्यक्ष नुच्छेकाजी महर्जनले आफ्नो घर बहालमा बस्ने र भर्खरै उपत्यका बाहिरबाट आउने व्यक्तिलाई कम्तीमा ८ दिन क्वारेण्टाइनमा बस्नलगाई आरडीटी परीक्षणपछि मात्रै प्रवेश गर्न र त्यसलाई परिपालना गर्न आग्रह गरेको सूचना सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभयो ।
कठमाडौँ महानगरपालिककै वडा–२ का अध्यक्ष राजेन्द्र श्रेष्ठले पनि कामपा वडा न.२ लाजिम्पार्टका विभिन्न स्थानमा उपत्यका बाहिरबाट आएकाहरुलाई सचेत गराउँदै सुरक्षित रहन आग्रह गरेको भिडियो नै सार्वजनिक गर्नुभयो ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउनको अवज्ञा गर्दै उपत्यकाबाट बाहिरिएका नागरिक कतिपय शक्तिको आडमा सवारी पास बनाई वा लुकिछिपी चोर बाटो भएर पुनः भित्रिन थालेका छन् भन्ने तथ्य माथिका सन्दर्भबाट पनि प्रष्ट हुन्छ । कतिपय नागरिक त विभिन्न नाकाबाट बिरामीको बहानामा एम्बुलेन्स ट्रक, मालगाडी बाट पनि उपत्यका भित्रिने गरेका छन् ।
उपत्यकामा एकै दिन तीन जना संक्रमित फेला परेपछि अझ उपत्यकाबासीलाई नराम्ररी झस्काई दिएको छ । ‘एकै दिनमा उपत्यकामा तीन जना कोरोना संक्रमित भेटिएको तथ्याङ्क सार्वजनिक भएको छ । यो सकारात्मक संकेत होइन । कोरोना भाइरसको संक्रमण रोक्न सरकारले जारी गरेको लकडाउनको पूर्ण नभएका कारण जोखिमको खतरा बढेको छ,’ उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहनु भएका काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले भन्नुभयो, ‘यस्तो अवस्था आउन सक्ने आँकलनसहित उपत्यकाका नगरपालिका फोरमले कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहनुभएका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललाई भेटी उपत्यका भित्र निर्वाध आवत–जावतलाई कडाई गर्नुपर्ने माग गरिसकेका थियौँ । सरकार हाम्रो मागप्रति सकारात्मक छ । तर, कडाइका साथ कार्यान्वयन हुन नसक्दा उपत्यकामा पनि कोरोना संक्रमण फैलिने हो कि भन्ने चिन्ता बढेको छ ।’
उहाँले लकडाउनको ठाडो उल्लङ्घन गर्दै जाने हो भने संघीय सरकारले समेत नियन्त्रण गर्न नसक्ने अवस्था सिर्जना हुने भन्दै स्थानीय, प्रदेश र संघीय सरकार गम्भीर भएर कडाईका साथ कार्यान्वय गर्नेतर्फ केन्द्रित हुनु पर्नेमा जोड दिनुभयो । ‘आवत–जावतको होडबाजीले थप समस्या हुन्छ । हामी सुरुदेखि नै उपत्यकाबाट हुने आवत–जावतमा कडाई गर्दै उपत्यकाको चहल–पहललाई खुकुलो पार्नुपर्छ भन्दै आएका छौँ,’ शाक्यले भन्नुभयो, ‘तर, सरकारी गाडी र पासको समेत दुरुपयोग गर्दै निर्वाध रुपमा उपत्यका भित्रिने क्रम नरोकिएको भन्ने जानकारी आएको छ । हिजोको घटनाले पनि त्यहि कुराको पुष्टि गर्छ । अब पनि हामी सचेत नहुने हो भने । अवस्था नियन्त्रण बाहिर जानसक्छ । त्यसैले हामी सबै सचेत हुन जरुरी छ ।’
उहाँले केही कठिनाईका बीचमा पनि लामो समयदेखि उपत्यकाबासीले लकडाउनको पूर्ण पालना गरेर सहयोग गरेको भन्दै अझै केही समय धैर्य गर्न आग्रह गर्नुभयो । ‘अझै केही समय तपाईँहरु जहाँ हुनुहुन्छ, त्यहीँ बस्नुहोस् । अहिले काठमाडौं नआउनोस् । यसले महामारी नियन्त्रणमा सहज हुनेछ,’ उहाँले भन्नुभयो, ‘केही व्यक्तिको असहयोगले काठमाडौँ उपत्यका भयावह हुनसक्छ । उपत्यका आवत–जावतलाई कडाई गरौँ । म पुनः संघीय सरकारसँग आग्रह गर्छु ।’

Loading...