चिनियाँ गरिबी निवारण कोष जनकपुरमा

चिनियाँ गरिबी निवारण कोषले जनकपुरमा हात धुने स्थलहरु सञ्चालनमा ल्याएको छ । काेषकाे  नेपालस्थित कार्यालयले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जनकपुर उप- महानगरपालिकामा ह्यान्डवास स्टेसनहरु सञ्चालनमा ल्याएको हाे ।

जनकपुरमा मान्छेको धेरै भीडभाड हुने क्षेत्र, प्रहरी कार्यालय लगायतका विभिन्न सार्वजनिक स्थानमा शुक्रबार  हातको सरसफाईका लागि आवश्यक पर्ने पानी, ह्यान्ड स्यानिटाइजर लगायतका सामाग्री पर्याप्त मात्रामा राखिएको कोषले जनाएको छ ।

चिनियाँ गरिबी निवारण कोषका तर्फबाट नेपाल प्रतिनिधि संजय साहले सार्वजनिक स्थानमा एक महिनालाई पुग्ने ह्यान्डवासका सामग्री एक कार्यक्रमका बीच जनकपुर उप- महानगरपालिकाका मेयर लालकिशोर शाहलाई हस्तान्तरण गरेका हुन् ।

यसैगरी कोषकै तर्फबाट कोषका लागि नेपालकी कन्ट्री डाइरेक्टर चौ च छियाङले ललितपुर जिल्लाका विभिन्न १० वटा सार्वजनिक स्थानमा पनि एक महिनालाई पुग्ने ह्यान्डवासका सामग्री हस्तान्तरण गरेकि थिईन् भने धनुषाकै मिथिला बिहारी नगरपालिकामा यस अघिनै बितरण गरिसकिएको छ। अगामी दिनमा प्रदेश नं-२ का अन्य स्थानहरुमा पनि स्थानिय निकायसँग समन्वय गरि थप ह्यान्डवासका सामग्री बितरण गर्ने कोषले जनाएको छ ।

“यस क्षेत्रका जनताहरुलाई कोरोना भाइरसको संक्रमणबाट जोगिन मद्धत पुर्याउने उदेश्यले ह्यान्डवास स्टेशन निर्माण गरी स्थानीय निकायसँगको सहकार्यमा सञ्चालनमा ल्याएका हौं”। काेषका प्रतिनिधि संजय साहले भने ।

कोषले गुडविल फान्डेसनसँगकाे सहकार्यमा लकडाउनकै अवधिमा १८० भन्दा धेरै स्थानमा एक महिनाभन्दा बढिलाई पुग्ने ह्यान्डवासको सामग्री उपलब्ध गराएको जनाएको छ। कोषले नेपालमा स्वास्थ्य, शिक्षा, गरिवी निवारण, जिविकोपार्जन लगायतको क्षेत्रमा काम गर्दै आइरहेको छ ।

Loading...