सोलुखुम्बुको नाम्चेका सम्पूर्ण होटलहरु बन्द

काठमाडौं, ७ चैत । सोलुखुम्बुको नाम्चेका सम्पूर्ण होटल तथा लजहरु बन्द भएका छन् । नाम्चे होटल एण्ड लज एसोसिएसनले बिहीबार एक सूचना जारी गर्दै अर्को सूचना नआउँदासम्म नाम्चेका सम्पूर्ण होटल तथा लजहरु बन्द गरिएको जानकारी दिएको हो ।

(कोभिड-१९) विश्व महामारीका बीच नेपाल सरकारले घोषण गरेअनुरुप महामारीको उच्च सतर्कता अपनाउदै नाम्चेमा सञ्चालित सबै होटल तथा लजहरु बन्द गर्ने निर्णय गरेको एसोसिएसनले बताएको छ ।

Loading...