योग्यता र दक्षता नपुगेकाले एघारौं तहमा चिकित्सक बढुवा स्थगित

काठमाडौ, २ फागुन । एघारौं तहको बढुवाका लागि दुई समुहमा आवेदन माग भएकामा दुवैमा योग्यता र दक्षता नपुगेकाले योग्य उम्मेदवार छनौट गर्न नसकेको मन्त्रालयको बढुवा समितिको सचिवालयले जनाएको छ । प्रमुख कन्सल्टेण्ट मेडिकल अंकोलोजिष्टका लागि परेको आवेदनमा न्यूनतम सेवा अवधि ३ वर्ष नपुगेको र प्रमुख कन्सलटेण्ट प्लाष्टिक सर्जनका लागि आवश्यक शैक्षिक योग्यता नपुगेकाले बढुवा स्थगित गरिएको हो ।

एघारौ तहको पदमा बढुवाका लागि प्रमुख कन्सल्टेण्ट मेडिकल अंकोलोजिष्ट र प्रमुख कन्सलटेण्ट प्लाष्टिक सर्जनका लागि गत असोज २९ गते एक र एक जना माग गरिएको थियो । मन्त्रालयको बढुवा समितिको सचिवालयले स्थगितको सूचना गोरखापत्रमा प्रकाशित गरेको छ ।

Loading...