वाबुको कुटाइबाट २६ वर्षकी छोरीको मृत्यु

काठमाडौं, २ फागुन । सन्तानका लागि  वाबु अभिभावक र संरक्षक दुबै हुन् । तर, त्यति संरक्षक वाबुको कुटाइबाट झापामा एक छोरीको ज्यान गएको छ । झापाको शिवसताक्षी नगरपालिका–९ मा बञ्चरोको बिडले हिर्काएर वावुले झड्केली छोरीको हत्या गरेका छन् । शिवसताक्षीका ४६ वर्षिय भिमबहादुर ठटालले २६ वर्षकी छोरी रेखा ठटाल लिम्बूको हत्या गरेका हुन् ।

स्थानीयका अनुसार २६ वर्षीय रेखालाई उनका वाबुले बञ्चरोको विडले हिर्काएका थिए । बाबुको कुटाइबाट गम्भिर घाइते रेखाको बिर्तामोडस्थित विर्ता सिटी हस्पिटलमा उपचारको क्रममा शुक्रबार विहान मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । ठटालले मादकपदार्थ सेवन गरी छोरीलाई कुटेको प्रहरीले जनाएको छ ।

Loading...