पुल्चोकको एक पसल करोडौको सुन चोरेर भाग्दै गरेका तीन भारतीयलाई थानकोटमा प्रहरीले यसरी पक्रियो

काठमाडौं, २९ माघ । ललितपुरको पुल्चोक क्षेत्रको एक सुन पसलबाट करोड बढीको सुन लुटिएको छ ।

प्रहरीले एक सुन पसलबाट लुटेको एक करोड बराबरको सुनसहित तीन भारतीय पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग पुल्चोक र अपराध महाशाखा ललितपुरको टोलीले उनीहरूलाई सतुंगल र थानकोटबाट पक्राउ गरेको हो ।

एक साताअघि रातको समयमा पसल फोडेर ‘सेफ’ चोरी भएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकबहादुर राईले जानकारी दिएका छन् । उनले भने, ‘सेफ भेटिएको छ । फोडिएको छैन, अनुसन्धान थालेका छौं ।’ प्रहरीले पक्राउ तीन जना भारतीय भएको बताए पनि उनीहरुको नाम भने सार्वजनिक गरेको छैन ।

Loading...