चीनमा कोरोना भाइरसबाट मर्ने १ हजार १६ नाघ्यो

एजेन्सी, माघ २८ । चीनमा कोरोना भाइरसबाट हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएपछि केही वरिष्ठ अधिकारीलाई कारवाही गरेको छ । सरकारले हुबेईको स्वास्थ्य आयोगका पार्टी सचिवलगायत आयोगका प्रमुखलाई कार्वाही गरेको हो । यसरी पद गुमाउनेमा स्थानीय रेडक्रसका डेप्युटी जनरल पनि छन् । उनलाई कर्तव्यबाट पछि हट्दै चन्दा संकलन गरेको भन्दै हटाइएको हो ।

सोमबार मात्रै १०३ जनाको मृत्यु भएको हुबेई प्रान्तमा अहिलेसम्म अहिलेसम्म १ हजार १६ जनाले ज्यान गुमाइसकेका छन् । यद्यपि, देशव्यापी संक्रमितको संख्यामा भने २० प्रतिशतको कमी आएको जनाइएको छ ।

आइतबार ३ हजार ६२ रहेको संक्रमितको संख्या सोमबार घटेर २ हजार ४ सय ७४ पुगेको बताइएको छ । कोरोनाको संक्रमण देखिएयता मात्र हुबेईमा हजारौंलाई बर्खास्त गरिएको र थुप्रैमाथि अनुसन्धान र धेरैलाई चेतावनी दिइएको सरकारी समाचारमा उल्लेख छ ।

Loading...