एक दशकदेखि बिग्रिएको फताह र हमासको सम्बन्ध सुधार

एजेन्सी । प्यालेष्टिनी दुई प्रतिस्पिर्धी हमास इश्लामिक समूह र फताह समूहबीच बिहीबार करिब एक दशकपछि पुनःमिलन गर्ने सहमति भएको प्यालेष्टिनी राष्ट्रपति महमद अब्बासले बताएका छन् ।

अब्बासले बिहीबारको छलफलपछिको सहमति नै सन् २००६ पछि छुट्टिएका प्रतिस्पर्धी प्यालेष्टिनी समूहको पुनःमिलनका लागि ‘अन्तिम सहमति’ भएको बताएका छन् ।

सन् २००६ मा भएको विभाजनपछि हमासले गाजा क्षेत्र र अब्बासको प्यालेष्टिनी अधिकारीले वेस्ट बैंकमा आ–आफ्ना प्रशासन केन्द्र बनाएर अघि बढेका थिए । तर उक्त वर्ष भएको निर्वाचनमा इश्लामिक हमास समूहले प्यालेष्टिनी संसदमा पहिलो पटक सहभागी भए पनि पराकिलो अन्तरले फताहमाथि विजय हासिल गरेको थियो ।

स्थापनाको वर्षदेखि नै फताहमाथि हमास समूहले प्रभाव जमाउन सफल भएपछि सन् २००७ मा दुई समूहले आफ्नो प्रभाव पुष्टि गर्न भएको विवादमा भएको रक्तपातपूर्ण द्वन्द्वका कारण गाजा क्षेत्रमा ठूलो तनाव सिर्जना भएको थियो ।

फताह र हमास समूहबीचको संयुक्त सरकार पनि २००७ को जुलाईमा भएको एक हप्ता लामो हिंसात्मक द्वन्द्वका कारण भङ्ग भएको थियो ।

अब्बासले संयुक्त सरकारलाई विघटन गरी गाजा क्षेत्रमा संकटकालको घोषणा गरेका थिए । तर हमासका लडाकूले अब्बास पक्षधर शक्तिलाई नियन्त्रणमा लिएका थिए । उक्त घटनालाई राष्ट्रपतिले राज्य विद्रोहको संज्ञा दिएको थियो ।

तर सन् २०११ मा दुवै समूहले अन्तरिम सरकार बनाउने र नयाँ निर्वाचन गर्ने सहमति भए पछि विवाद केही मत्थर भए पनि सहमतिको कार्यान्वयन गर्न ढिलाई भई सन् २०१४ मा आएर मात्र भएको थियो ।

अब्बास नेतृत्वको प्यालेष्टिनी स्वतन्त्रता संगठन र हमासको संयुक्त सरकार गठन सन् २०१४ को जुनमा भएको थियो । तर अब्बासले हमासमाथि समानान्तर प्रशासन खडा गरेको आरोप लगाएपछि केही महिनामै संयुक्त सरकार रहन सकेन ।

इजरायलको ५० दिन लामो हवाई आक्रमणपछि बनेको संयुक्त सरकारले अगस्तमा आइपुग्दा विघटन भएको थियो ।

हमासले सन् २०१७ मा आफ्नोे घोषणापत्रमा विशेष सुधार र इजरायललाई हेर्ने दृष्टिकोणमा परिवर्तन गरेपछि पुनः एक पटक दुई प्रतिस्पर्धि समूहबीच पुनःमिलन हुने सहमति बनेको छ ।

Loading...