दलित समुदायलाई सबै तहको शिक्षा निःशुल्क

काठमाडौं, २ माघ । राज्यले दलित समुदायलाई सबै तहको शिक्षा निःशुल्क दिने भएको छ। विद्यमान कानुन संशोधन गरी सरकारले यस्तो व्यवस्था गर्न लागेको हो। प्रतिनिधि सभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिमा छलफलमा रहेको केही नेपाल ऐन संशोधनसम्बन्धी विधेयकमा यो व्यवस्था गर्न लागिएको हो। विधेयक राष्ट्रियसभाको विधायन समितिले पास गरिसकेको छ।

विधेयकको व्यवस्था कार्यान्वयनमा आए दलित समुदायले चाहेजति तहमा पढ्न पैसा तिर्नुपर्दैन। अहिले दलित समुदायका विद्यार्थीलाई कक्षा दश सम्मको शिक्षा पूर्ण निःशुल्क छ। कक्षा ११ र १२ पढ्ने दलित विद्यार्थीलाई भने निश्चित कोटामा छात्रवृत्ति दिइँदै आएको शिक्षा मन्त्रालय उच्च शिक्षा महाशाखाका सहसचिव रामशरण सापकोटाले जानकारी दिए।

कक्षा ११ र १२ पढाउने विद्यालयले भर्ना भएका कुल विद्यार्थीमध्ये भर्नाको पाँच प्रतिशतलाई छात्रवृत्ति दिने गर्छन्। योमध्ये तीन प्रतिशत छात्रवृत्ति दलितलाई छुट्याउने गर्छन्। अन्नपूर्ण पोस्ट दैनिकबाट

Loading...